News Portal

किराया हङकङ लगायद दर्जनौ संघ संस्थाले किशन राईको संकास्पद मृत्युको अनुसन्धान गर्न माग

“नेपाली महाबाणिज्य दूताबास मार्फत हङकङका करिब २ दर्जन संघ संस्थाले निष्पक्ष छानविनका लागि नेपाल सरकारलाई पत्र”

हिमालीसंचार संवाददाता
२५६ पटक

युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङका पूर्व अध्यक्ष, संरक्षक सदस्य तथा पूर्व उपकुलपति स्व. किशन राईको संकास्पद मृत्यु भएको भन्दै निष्पक्ष छानविन गर्न किरात राई यायोक्खा लगायद हङकङमा गठीत करिब दुई दर्जन संघसंस्थाले महावाणिज्य दूतावास हङकङ मार्फत नेपाल सरकारलाई निष्पक्ष छानविन गर्न पत्र पठाएका छन्।

किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राई तथा महासचिव गंगा राम राईद्वारा हस्ताक्षरित पत्रमा निष्पक्ष, सत्य तथ्य छानविनको माग सहित नेपाली महावाणिज्य दूतावास हङकङ मार्फत सम्बन्धित निकाय समक्ष पत्र पठाएको हो। किराया हङकङले पठाएको पत्रमा हङकङमा गठित करिब दुई दर्जन संधसंस्थाहरुका प्रमुखहरुको हस्ताक्षर गरेको पत्र सहित नेपाल सरकारलाई पत्र पठाएका हुन्। 

नेपाली महावाणिज्य दूताबास हङकङका महाबाणिज्यदूत उदय बहादुर रानामगरले पत्र बुझ्दै परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय हुदै सम्बन्धित जिल्लासम्म उक्त पत्र पुग्ने विश्वास दिएका छन् । 

किशन राईको मृत्यु प्रकरणमा नेपाल सरकारलाई थप अनुसन्धान गर्न हङकङमा गठीत दर्जनौ संघ संस्थाहरुले निष्पक्ष छानविन गर्नका लागि उक्त पत्र पठाएको हो। नेपाली समाज हङकङले २७ नोभम्बर २०२१ मा हिन्सलाई बोधार्थ पठाउदै एक विज्ञप्ति समेत  निकालेको छ। 

विज्ञप्तिमा भनिएको छ “हङकङमा परोपकारी संस्थाको रुपमा दर्ता भएको हिन्ससंग सम्बद्ध डाईरेक्टरहरुको समुह बार्तालाप नेपाली समाजमा सार्वजनिक भएपछि उठेको सवालमा स्पटिकरण दिने नाममा अझै किशन राई विरुद्ध बीष बमन गर्ने कार्य हुनुका साथै कसैको मृत्युमा रमाउने, खुशी मनाउने भोज पाटी गरेर मृतकको परिवारलाई परेको यस्तो दुखद घडीमा थप मर्माहत पार्ने जस्ता अमानवीय र दानविय ब्यबहार अभिब्यक्तिहरु समाजमा भएका छन्। जानअन्जानमा भएका गल्ति स्वीकार गरी सम्बन्धित ब्याक्ति उपर आवश्यक कार्यबाही गरी नेपाली समाजमा सौहार्दपूर्ण वातावरण निर्माण गर्न अनुरोध गरेको छ। 

नेपाली समाजका अध्यक्ष ईन्द्र बनेमका अनुसार किशन राईको मृत्यु प्रकरणमा जे घटना घटेको छ त्यो सत्य तथ्य छानविन हुन जरुरी रहेको बताएका छन्। नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक छानविन गर्ने विश्वास लिएको अध्यक्ष बनेमले बताए। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...