News Portal

हङकङमा विधान परिषद चुनावको दिन नागरिकका लागि सार्वजनिक यातायातमा निःशुल्क

हिमालीसंचार संवाददाता
२४५ पटक

युवा राई/ हङकङ – हङकङको व्यवस्थापिका परिषद् विधान परिषद् चुनावको दिन हङकङका नागरिकहरूले एमटीआर, केएमबी, सिटीबस र ट्रामलगायत सार्वजनिक यातायातमा निःशुल्क हुने भएको छ । सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

हङकङ सरकारले जनतालाई निर्वाचनमा सक्रिय सहभागिता गराउने उदेश्यले र भोट हाल्न प्रोत्साहित गर्न निःशुल्क यात्राको अवसर प्रदान गरेको जनाएको छ । सरकारले विधान परिषदको चुनाव डिसेम्बर १९ तारिख गर्दै छ । हङकङभर लगभग ६ सय मतदान केन्द्रहरू स्थापना रहने छ । मतदान केन्द्रहरू बिहान ८.३० बजेदेखि राति १०:३० बजेसम्म हने छ ।

निर्वाचनका दिन सर्वसाधारणले केएमबी, सिटीबस, न्यु वल्र्ड फर्स्ट बस, लङ विन बस र नयाँ लान्ताओ बसबाट निःशुल्क बस सेवाको मजा लिन सक्नेछन् । तर यो सुविधा एयरपोर्ट र बोर्डर पोइन्ट जाने रुटहरू, रात्रीकालीन रुटहरू, साइटसिइङ रुटहरू र नयाँ लामो दूरीको बस रुटहरूमा लागू हुने छैन।

एमटीआरले एलआरटी र एमटीआर बसहरुमा पनि त्यस दिन नि:शुल्क सेवाहरू उपलब्ध गराउने जनाएको छ। एयरपोर्ट एक्सप्रेसमा भने यो सुविधा दिइने छैन। त्यस्तै, नागरिकहरूले सबै ट्राम मार्गहरूमा निःशुल्क यात्रा गर्न सक्ने छन् । सरकारले सहयोगका लागि सार्वजनिक यातायात सञ्चालकहरूलाई धन्यवाद दिँदै नागरिकको सहज यात्राको लागि थप समय दिन आह्वान समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...