News Portal

बाँसको चाेया बुनेर जिबिकोपार्जन गर्छन रामप्रसादको परिवार

हिमालीसंचार संवाददाता
३६६ पटक

रबिन्द्र बराल, मोरङ। मोरङको रंगेली नगरपालिका-९ स्थित शान्ति चोक नजिकै बर्षाेदेखि बसोबास गर्दै आईरहेका मरण्डी समुदायहरु अहिले बाँसकाे चाेयाबाट सामग्रीहरु बनाउन व्यस्त हुन थालेका छन।

पहिलो चरणकाे काेराेना भाईरसका कारण निषेधाज्ञा तथा लकडाउनका कारण साेहि पेशाबाट आस्रित रहेका परिवार अहिले पुनः पेसालाई निरन्तरता दिन थालेका छन।

आफ्नो व्यवसायबाट उनिहरुले आफ्नो ८ परिवार पालिरहेका छन। बाँसकाे चाेयाबाट ढाकी, चल्ला चल्ला छाेप्ने, बाेटा बिरुवा छाेप्ने सामाग्री बनाउन ब्यस्त हुन थालेका हुन।

गत वर्ष सुरु भएको कोरोना भाइरसको कारण उक्त परिवारलाई साे पेशाबाट परिवार पालन पाेषण गर्ने हम्मेहम्मे परेको थियोे तर,अहिले लकडाउन खुलेपछि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन थालेका छन।

उनीहरुले तराईमा पाइने बाँसबाट चाेया निकाले र उक्त सामाग्रीहरु बनाउदै आईरहेका छन। परापुर्वकाल देखि नै आफुहरुले आफ्नो परिवार साे पेशाबाट पालनपोषण गर्दे आईरहेकाे रामप्रसाद मरणीले बताए।

बाँसबाट बनाईएकाे समाग्रि बिक्रीवितरण गर्नेका लागि माेरङकै पुरानाे दाेहमहना बजार, कर्सिया बजारलगायत गाउँघरमै समेत लगेर बिक्रीवितरण गर्ने गरेकाे मरणिले बताए।

दैनिकी बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म परिश्रम गरेर उक्त सामग्री बनाउने गरेको र दैनिकी ४ देखि ५ वटा सामग्रीहरु बनाउने गरेको रामप्रसादले बताए।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...