बाँसको चाेया बुनेर जिबिकोपार्जन गर्छन रामप्रसादको परिवार

रबिन्द्र बराल, मोरङ। मोरङको रंगेली नगरपालिका-९ स्थित शान्ति चोक नजिकै बर्षाेदेखि बसोबास गर्दै आईरहेका मरण्डी समुदायहरु अहिले बाँसकाे चाेयाबाट सामग्रीहरु बनाउन व्यस्त हुन थालेका छन।
पहिलो चरणकाे काेराेना भाईरसका कारण निषेधाज्ञा तथा लकडाउनका कारण साेहि पेशाबाट आस्रित रहेका परिवार अहिले पुनः पेसालाई निरन्तरता दिन थालेका छन।
आफ्नो व्यवसायबाट उनिहरुले आफ्नो ८ परिवार पालिरहेका छन। बाँसकाे चाेयाबाट ढाकी, चल्ला चल्ला छाेप्ने, बाेटा बिरुवा छाेप्ने सामाग्री बनाउन ब्यस्त हुन थालेका हुन।
गत वर्ष सुरु भएको कोरोना भाइरसको कारण उक्त परिवारलाई साे पेशाबाट परिवार पालन पाेषण गर्ने हम्मेहम्मे परेको थियोे तर,अहिले लकडाउन खुलेपछि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन थालेका छन।
उनीहरुले तराईमा पाइने बाँसबाट चाेया निकाले र उक्त सामाग्रीहरु बनाउदै आईरहेका छन। परापुर्वकाल देखि नै आफुहरुले आफ्नो परिवार साे पेशाबाट पालनपोषण गर्दे आईरहेकाे रामप्रसाद मरणीले बताए।
बाँसबाट बनाईएकाे समाग्रि बिक्रीवितरण गर्नेका लागि माेरङकै पुरानाे दाेहमहना बजार, कर्सिया बजारलगायत गाउँघरमै समेत लगेर बिक्रीवितरण गर्ने गरेकाे मरणिले बताए।
दैनिकी बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म परिश्रम गरेर उक्त सामग्री बनाउने गरेको र दैनिकी ४ देखि ५ वटा सामग्रीहरु बनाउने गरेको रामप्रसादले बताए।

















