News Portal

गाउँगाउँ किन डुल्दैछन् बाबुराम भट्टराई ?

हिमालीसंचार संवाददाता
२१२ पटक

काठमाडौं। हिजोआज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजधानी काठमाडौँमा कमै भेटिन्छन्। उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन्। कहिले दाङ, बुटवलतिर भेटिन्छन्। जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.भट्टराईले नियमित जसो जनताको घरदैलो चाहर्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन्। र उनी आलोचनाको ‘ईस्यु’ बन्छन्।

आलोचनालाई पचाएर भट्टराई जनताको घरदैलोमा पुग्न छाडेका छैनन्। पूर्वप्रधानमन्त्री भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन ‘सुज’ अभियान लिएर देश दौडाहामा छन्।

यही अभियान लिएर उनी बिहीबार साँझ तनहुँ आए। तनहुँमा उनले शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा एक रात दलित समुदायको घरमा बिताए। पत्नी हिसिला यमीसहित आएका भट्टराईले आकाश नेपालीको घरमा एक रात बिताएका हुन्।

प्रधानमन्त्री हुँदाको बखत नै दलित समुदायको घरमा बास बस्ने गरेका थिए। स्थानीय नेता कार्यकर्ताको हुल लिएर पुगेका भट्टराई दलित समुदायको घरमा बसे पनि बिहीबार साँझ र शुक्रबार बिहानको खानापानको व्यवस्था पार्टीले नै गरेको थियो।

बिहीबार साँझ डा.भट्टराईले शुक्लागण्डकी नगरपालिका–९ मा जनता समाजवादी पार्टी वडा कमिटीको कार्यालयको उद्घाटन गरे। जसपा अब निर्वाचनमा होमिएको छ है भन्ने सन्देश स्पष्ट प्रवाह गरिरहेका छन्।

शुक्रबार बिहान डा.भट्टराई र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले शुक्ला गण्डकीका दुई स्थानमा भेटघाट र छलफल गरे। शुक्लागण्डकी नगरपालिका–८ लालिममा भएको भेटघाट डा.भट्टराईले जनताको समस्या जनताको घरदैलोमा पुगेर बुझ्नलाई आफुले अभियान चलाएको सुनाए।

भट्टराईले यो देशलाई सम्बृद्धिको यात्रामा लैजान पुराना शक्तिले नसक्ने टिप्पणी गरे। केपी ओलीले पञ्चायतशैली देखाइरहेको उनको आरोप छ।
डा.भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम नहुने दोहोर्याए। सत्ता साझेदार दलको गठबन्धन आगामी निर्वाचनसम्म रहने उनको दाबी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...