“पुराना मण्डले थापा हारेर नयाँ मण्डले आउनु हर्ष न बिस्मात!” – खगेन्द्र संग्रौला

काठमाडौं – नेपालका चर्चित लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले राप्राप्रा महाधिवेशनबारे आफ्नो धारणा राख्दै “पुराना मण्डले थापा हारेर नयाँ मण्डले आउनु हर्ष न बिस्मात!” भनेका छन् ।
हालै सम्पन्न महाधिवेशनमा कमल थापा राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिंग्देनसँग पराजित भएका थिए। यीनै विषयमा उनको यो धारणा सार्वजनिक भएको हो।
संग्रौलाले थापालाई पुरानो मण्डले भनेका छन् भने लिंग्देनलाई नयाँ मण्डले भनेका छन्। राप्रापामा जो आएता पनि केही फरक नपर्ने उनको तर्क छ। उनीहरुको पाटीको सिद्धान्त तथा विचार एउटै भएकाले उनले यो प्रतिक्रिया जनाएका हुन् ।
संग्रौलाले राप्रपा पार्टीलाई गणतन्त्रले सढाएको उल्लेख गरेका छन्। उनी फेसबुक तथा ट्विटरमा भन्छन्,‘उग्र दक्षिणपन्थी, नश्लीय हिन्दु राजावादी राप्रपामा पुराना मण्डले कमल थापा चिलिम भई नयाँ मण्डले राजेन्द्र लिङ्देन आउनु न हर्षको विषय हो न बिस्मातको तथापि गणतन्त्रले सढेको राप्रपाको नाम अलि दिन सुन्न अभिशप्त हुनु नै छ भने खस–आर्य मण्डलेको ठाउँमा जनजाति मण्डले ठिकै त हो।’ भनेका छन् ।

















