News Portal

  • महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुखको कुर्सी विद्यार्थीले जलाए

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    धरान – सुनसरीको धरानमा रहेका महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी विभिन्न संगठनका विद्यार्थीहरुले कुर्सी बाहीर चउरमा निकालेर आगो लगाएका छन् ।

    महेन्द्र बहुमुखी क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका हुन् ।विभन्न राजनैतिक दल आबद्ध विद्यार्थी संगठनले दिउँसो महेन्द्र बहुमुखी क्याम्पस प्रमुख दामोदर भण्डारी बस्दै आएको कुर्सी विधार्थीले बाहीर ल्याएर आगो सल्काएका हुन्। 

    विभिन्न दल निकट विद्यार्थी संगठनहरु सम्मीलित संघर्ष समिति बनाएर क्याम्पसको जग्गा संरक्षणको लागि आन्दोलनरत विधार्थीहरु चरणबद्धरुपमा उत्रिएका हुन् ।विद्यार्थी नेता बुद्रोस लिम्बूले वारेसमार्फत क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिह्न खडा भएको ती विद्यार्थी संगठनको आरोप छ । क्याम्पस प्रशासन, जनप्रतिनिधि र भुमाफियाबीच मिलेमतो भएको हुन सक्ने विद्यार्थी संगठनहरुले आशंका रहेको विद्यार्थी नेता लिम्बूको भनाई छ ।

    क्याम्पस प्रशासनकै कमजोरीले करोडौंको जग्गा हडपिने अवस्थामा पुगेको निवर्तमान स्ववियू सभापति सागर चेम्जोङले बताए । क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउन आन्दोलन गर्नुपरेको पनि चेम्जोङले जानकारी दिए ।

    प्रशासनले ११ पटक तारेख धाएको र ३ पटक मुद्दाको पेशी चढ्दा पनि बहस गर्न वकिल नपठाउनुलाई विद्यार्थीले शंकास्पद भनेका छन् । धरान ११ स्थित क्याम्पसले भोगचलन गरिरहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे छन् । उनको मृत्यु भइसकेको छ । 

    विगत ३ बर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भुमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदन दिएका थिए । उनको निवेदन पछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो । भुमिसुधारले गत असोज २५ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...