News Portal

नभएका राजदूत बस्न यूएईमा ७० लाख घरभाडा

रुपेश अधिकारी
७१९ पटक

यूएई – अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले  राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर भाडा भने बुझाउँदै अाइरहेकाे छ ।

०७३ मा राजदूत धनञ्जय झा कार्यकाल सकाएर नेपाल फर्किएपछि भाडाको घर प्रयोगविहीन भए पनि दूतावासले भाडा तिर्दै अाइरहेकाे हाे । उसले त्यसपछिका हरेक वर्षको डिसेम्बरको अन्त्यमा नभएका राजदूतकाे अावासीय प्रबन्धका लागि सम्झौता नवीकरण गर्दै आएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार राजदूतको आवासका लागि लिइएको भवनको भाडा वार्षिक दुई लाख २० हजार दिराम अर्थात् नेपाली करीब ७० लाख रुपैयाँ बराबर छ ।

यूएईका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले आफू आउनुपूर्व नै आवासीय भवनको नवीकरण भइसकेकाले राजदूतविहीन हुँदाहुँदै पनि घर भाडामा लिन बाध्य भएको प्रष्टीकरण दिए । ‘म आउनुपूर्व नै राजदूतका लागि भाडामा लिइएको आवासीय भवनको सम्झौता नवीकरण भइसकेको रहेछ’, कार्यवाहक राजदूत फुयाँलले अनलाइखबरसँग भने, ‘प्राविधिक समस्याका कारण सम्झौता रद्द गर्न नसकिएको हो । नयाँ राजदुत नियुक्ति प्रक्रिया चलिरहेकाले यो छिट्टै प्रयोगमा आउँछ ।

करीब २ लाख ५० हजार नेपाली कार्यरत यूएईमा सन् २००४ देखि नेपाली दूतावास रहँदै आएको छ । सन् २००७ बाट भने यूएईमा पूर्णरुपमा नेपाली राजदूतले जिम्मेवारी सम्हाल्न थालेका हुन् । तर अढाइ वर्षयता नेपालीको मुख्य श्रम गन्तव्य मानिने यूएईको राजदूतावास नेतृत्वविहीन छ । कार्यवाहकको जिम्मेवारी सम्हालेर दुई जना बिदा भइसके पनि पनि अझै राजदूत नियुक्ति प्रक्रियाले गति लिन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...