News Portal

एमाले महाधिवेशन प्रतिनिधि बनेका यि हून ८ निजामती कर्मचारीहरु

हिमालीसंचार संवाददाता
३३३ पटक

काठमाडौँ। चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा आठजना निजामती कर्मचारी र शिक्षकसमेत प्रतिनिधि बनेर सहभागी भएका छन्।

निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा आबद्ध नहुन चेतावनी दिइरहेका वेला निजामती सेवाका आठजना कर्मचारी एमाले महाधिवेशनमा प्रतिनिधि बनेका हुन्।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्षसमेत रहेका सिन्धुपाल्चोकका बलेफी गाउँपालिकाका प्रशासकीय अधिकृत केदार देवकोटा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका लेखापाल लेखनाथ कोइराला, कृषि सेवाका कर्मचारी प्रभात शाह तथा स्वास्थ्य सेवाका कर्मचारीहरू भवानी दाहाल, अञ्जु बस्नेत र रामबहादुर चन्द महाधिवेशन प्रतिनिधि बनेका स्रोतले जनाएको छ।

त्यसैगरी स्वास्थ्य सेवाका कर्मचारी डा.सन्तोष पौडेल र डा.झलक शर्मा गौतम पनि महाधिवेशनमा प्रतिनिधि बनेका छन्। पौडेल ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागका कर्मचारी हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...