News Portal

  • महाधिवेशन उद्घाटनमा गाडी रोक्ने प्रशासनको निर्णयप्रति एमालेको आपत्ति

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    चितवन – नेकपा एमाले १० औं महाधिवेशन उद्घाटनका क्रममा शुक्रबार नारायणगढ क्षेत्रमा सार्वजनिक सवारी रोक्ने प्रशासनको निर्णयमा नेकपा एमाले पाटीले आपत्ति जनाएको छ।

    नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार दिउँसो महाधिवेशनस्थल नारायणी किनारमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। ‘दुनियाँमा कहीँ ‘नो भेहिकल’ भन्ने हुँदैन, गाडी रोक्न पाइँदैन। सुरक्षाको व्यवस्था गर्ने काम प्रशासनको हो’, उनले भने, ‘सार्वजनिक सवारी, एमालेका गाडी, साइकल सबै चल्नुपर्छ। हेभ्भी गाडी भोलि नचलुन । तर हामीसँग सवारी साधन रोक्ने कुरा प्रशासनले गरेको छैन।’

    उनले एम्बुलेन्स, दमकलसहित कुनै पनि सवारी साधन रोक्न ठीक नहुने बताए। एमाले महाधिवेशनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नारायणगढ क्षेत्रमा सवारीसाधन चल्न नदिने निर्णय गरेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...

    सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय...

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...