News Portal

मङ्सिर २० गतेभित्र कक्षा १२ को परीक्षाको नतिजा

हिमालीसंचार संवाददाता
३९१ पटक

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ। नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताए।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो। परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन्। यस पटकको नतिजा सार्वजनिक नभए पनि अर्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीका लागि भने बोर्डले रजिस्ट्रेसन तथा आवेदन फारामको तालिका सार्वजनिक गरिसकेको छ।

स्थगित परीक्षा १६ गते भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ।

परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षार्थी रहेका सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाइनेछ। शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन्। उहाँको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा केही समय ढिलो हुनेछ। याे खबर आजको गोरखापत्र दैनिकमा छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...