
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका-४ स्थित चोप्राहमा आगलागी हुदा करिब ८ लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।
मंगलबार दिउँसो १ बजे आगलागी श्याम साहको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्री बेरा गरेको १ तले १ कोठाको गोदाम घरमा आगलागी भएको प्रहरीले जनाएको छ । अचानक आगोलागी भएको आगा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रंगेलीको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट गोदाम भित्र रहेको गहु, सन्पाट (पटुवा) गरी जम्मा ८ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए l