
युवा राई/हङकङ – हङकङमा आज सोमबार विहान अचानक मौसम परिबर्तन हुदा चिसो बढेको छ। हल्का बर्षासंगै चिसो अनुभूति भएको छ। तापमान घट्ने भएपछि चिसो बढ्ने भएको छ।
हङकङमा बिहानबाट चिसो हावा गुआंगडोङको तटपार गर्दै हङकङ प्रवेश गर्ने भएको छ । बादल र सामान्य वर्षासंगै हङकङको तापमानमा उल्लेखनीय गिरावट आउन सक्ने हङकङको मौसमसम्बन्धी जानकारी दिएको छ।
शहरी क्षेत्रमा विहान लगभग १६ डिग्री र न्यु टेरिटोरिज क्षेत्रहरूमा केही डिग्री कम हुने समेत विभाहले जनाएको छ । आगामी केही दिन अझै चिसो कायम रहने समेत उल्लेख गरेका छन् । उत्तरपूर्वी सुख्खा मनसुनको निरन्तर प्रभावका कारण हङकङसहित दक्षिणी चीनमा केही दिन चिसो रहने बताईएको छ।
हङकङमा अपराह्न सामान्यतया घाम लागे पनि बिहान, दिउसो र रातको समयमा तापमानमा निक्कै भिन्नता रहने उल्लेख गरिएको छ । विभागले सर्वसाधारणलाई मौसममा आएको परिवर्तनबारे सचेत रहन र न्यानो रहन सावधानी अपनाउनु पर्ने जनाइएको छ।