News Portal

  • अनुमति नलिएका रामदेवका टेलिभिजन प्रधानमन्त्री देउवाद्वारा उद्धाटन, सूचना विभागको टोली मण्डिखाटार पुग्यो

    हिमालीसंचार संवाददाता
    २२५ पटक

    काठमाडौं – भारतीय नागरिक बाबा रामदेवको संस्था पतञ्जलि नेपालले सूचना विभागसंग अनुमति नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि सूचना तथा प्रसारण विभागको टोली मण्डिखाटार पुगेको छ।

    पतञ्जली नेपाल र आस्था नेपाल नाम दिइएका दुई वटा टेलिभिजन च्यानल विभागमा दर्ता नगरी संचालनमा ल्याएको खबरपछि सूचना विभागले छानबिन थालेको हो। पतञ्जलिका दुई वटा टेलिभिजन गैरकानुनी, इजाजतै नलिएका च्यानल प्रधानमन्त्रीद्वारा उद्घाटन गरेका हुन्। 

    सूचना विभागका अधिकारीहरुको एउटा टोली अहिले काठमाडौं स्थित मण्डिखाटारमा रहेको टेलिभिजन च्यानलको कार्यालयमा पुगेर सोधपुछ थालेको छ। उक्त टोलीमा रहेका अधिकारीहरूबारे सूचना विभागले केही पनि खुलाएको छैन। यी दुई च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नलिएको समाचार आएपछि अहिले सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ। 

    पतञ्जली नेपालले सञ्चालनमा ल्याएका यो च्यानलहरु आस्था नेपाल र पतञ्जलि नेपालको उद्घाटन प्रधानमन्त्री देउवाले मण्डिखाटारस्थित पतञ्जली आश्रममा शुक्रबार उद्धाटन गरेका थिए।  

    नेपालमा टेलिभिजन संचालन, प्रसारण गर्नका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागसंग इजाजत लिनु पर्ने हुन्छ । पतञ्जलिले टेलिभिजन च्यानल प्रसारणका लागि इजाजतपत्र नै नलिएको खुलेपछि अहिले विभाग सक्रिय भएको हो।  

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...

    सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय...

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...