News Portal

अनुमति नलिएका रामदेवका टेलिभिजन प्रधानमन्त्री देउवाद्वारा उद्धाटन, सूचना विभागको टोली मण्डिखाटार पुग्यो

हिमालीसंचार संवाददाता
२८२ पटक

काठमाडौं – भारतीय नागरिक बाबा रामदेवको संस्था पतञ्जलि नेपालले सूचना विभागसंग अनुमति नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि सूचना तथा प्रसारण विभागको टोली मण्डिखाटार पुगेको छ।

पतञ्जली नेपाल र आस्था नेपाल नाम दिइएका दुई वटा टेलिभिजन च्यानल विभागमा दर्ता नगरी संचालनमा ल्याएको खबरपछि सूचना विभागले छानबिन थालेको हो। पतञ्जलिका दुई वटा टेलिभिजन गैरकानुनी, इजाजतै नलिएका च्यानल प्रधानमन्त्रीद्वारा उद्घाटन गरेका हुन्। 

सूचना विभागका अधिकारीहरुको एउटा टोली अहिले काठमाडौं स्थित मण्डिखाटारमा रहेको टेलिभिजन च्यानलको कार्यालयमा पुगेर सोधपुछ थालेको छ। उक्त टोलीमा रहेका अधिकारीहरूबारे सूचना विभागले केही पनि खुलाएको छैन। यी दुई च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नलिएको समाचार आएपछि अहिले सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ। 

पतञ्जली नेपालले सञ्चालनमा ल्याएका यो च्यानलहरु आस्था नेपाल र पतञ्जलि नेपालको उद्घाटन प्रधानमन्त्री देउवाले मण्डिखाटारस्थित पतञ्जली आश्रममा शुक्रबार उद्धाटन गरेका थिए।  

नेपालमा टेलिभिजन संचालन, प्रसारण गर्नका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागसंग इजाजत लिनु पर्ने हुन्छ । पतञ्जलिले टेलिभिजन च्यानल प्रसारणका लागि इजाजतपत्र नै नलिएको खुलेपछि अहिले विभाग सक्रिय भएको हो।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...