
धनकुमार बान्तावा/धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित रामबजारमा बिहीबार राति भिषण आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।
स्थानीय कुलबहादुर तामाङको घरमा बालकुमार श्रेष्ठले सञ्चालन गर्दै आएको मोटरसाइकल ग्यारेजमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । राती करिब दुई बजेदेखि सुरु भएको आगलागीले संचालित ग्यारेज रहेको तामाङको घर र महेशकुमार राईको तीन तले घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाइएको छ ।
स्थानीयबासी र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
ग्यारेजमा रहेका १२ वटा मोटरसाइकलसहित केही पशुपंक्षी समेत जलेका छन् । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो बिहान ५ बजे नियन्त्रणमा आएको थियो ।