News Portal

  • आर्थिक अभावका कारण कृष्णदेवीको स्वास्थ्यामा समस्या, श्रीमान चिन्तित

    हिमालीसंचार संवाददाता
    २०८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. १ स्थित बक्राह खोलाको किनारमा दुई कठ्ठा अैलानी जग्गामा बिगत १२ बर्षदेखि बस्दै आएका छैतालु माझी अहिले आर्थिक अभावका कारण ४७ बर्षीय श्रीमती कृष्ण देवी माझीको उपचार गराउन सकेका छैन ।

    बिगत ४  महिना अगाडि उनलाई महिनावरी समयमा रक्तश्राप मात्रै भईरहने समस्याबाट ग्रसित भएका उनलाई भारतको विभिन्न ठाउँमा लगेर उपचार समेत गराएको श्रीमान छैतालुले बताए । केही महिना अगाडि पुनः बिरामी परेपछि उनलाई बिराटनगरको कोशी अस्पतालसम्म पुगाएर उपचार गराए तर डाक्टरले उनको एउटा मृगौला समस्या रहेको र डाईलसिस गर्ने सल्लाह दिए तर आर्थिक अभवका कारण उनले श्रीमतीलाई घर ल्याउ बाहेका केही विकल्प नभएपछि उनले घर ल्याउन बाध्य भएका छन् । 

    श्रीमतीको उपचारका लागि आफुले खाईनखाई गरेर बचत गरेको २ लाख रुपैयाँ सिघ्याए तर श्रीमतीको विराम निको भएन झनै आफुलाई पीडा थन्किएको श्रीमान छैतालुले बताए। उनले नगरपालिका तथा स्थानीय नेताहरुसम्म पनि हारगुहार गरे तर उनको पीडा सुनिदिने कोहि भएन। 

    उपचारका लागि वडाकार्यलयबाट सिफारी समेत लिएर नगरपालिका पुगे तर नगर प्रमुखले पनि बेवास्ता गरेको उनले बताए । उनको ५ छोरी र दुई छोरा छन । छोरीहरु सबैले विबाह गरी सकेका छन्। 

    उनका दुई छोरा मध्ये १६ बर्षका कान्छा छोरा उर्लाबारीको एक ग्यारेजमा दुई छाक खाना खाएर काम सिक्दै गरेको छ। पैसा समेत नदिने गरेको र जेठा छोरा बर्ष १८ का  चितवनमा ईट्ट भट्टामा काम गरेर आमाको उपचार गर्ने भनेर घरबाट समेत हिडेको तर ईटाभट्टामा काम समेत बन्द भएको हुदा उनको आमाको उपचार समेत गर्ने नसकेको भन्दै आफुलाई बताएको बुवा छैतालु भने आर्थिक अभावका कारण उपचार गराउन नसक्दा आफू निकै चिन्तित भएको उनले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...

    सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय...