News Portal

आर्थिक अभावका कारण कृष्णदेवीको स्वास्थ्यामा समस्या, श्रीमान चिन्तित

हिमालीसंचार संवाददाता
२५४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. १ स्थित बक्राह खोलाको किनारमा दुई कठ्ठा अैलानी जग्गामा बिगत १२ बर्षदेखि बस्दै आएका छैतालु माझी अहिले आर्थिक अभावका कारण ४७ बर्षीय श्रीमती कृष्ण देवी माझीको उपचार गराउन सकेका छैन ।

बिगत ४  महिना अगाडि उनलाई महिनावरी समयमा रक्तश्राप मात्रै भईरहने समस्याबाट ग्रसित भएका उनलाई भारतको विभिन्न ठाउँमा लगेर उपचार समेत गराएको श्रीमान छैतालुले बताए । केही महिना अगाडि पुनः बिरामी परेपछि उनलाई बिराटनगरको कोशी अस्पतालसम्म पुगाएर उपचार गराए तर डाक्टरले उनको एउटा मृगौला समस्या रहेको र डाईलसिस गर्ने सल्लाह दिए तर आर्थिक अभवका कारण उनले श्रीमतीलाई घर ल्याउ बाहेका केही विकल्प नभएपछि उनले घर ल्याउन बाध्य भएका छन् । 

श्रीमतीको उपचारका लागि आफुले खाईनखाई गरेर बचत गरेको २ लाख रुपैयाँ सिघ्याए तर श्रीमतीको विराम निको भएन झनै आफुलाई पीडा थन्किएको श्रीमान छैतालुले बताए। उनले नगरपालिका तथा स्थानीय नेताहरुसम्म पनि हारगुहार गरे तर उनको पीडा सुनिदिने कोहि भएन। 

उपचारका लागि वडाकार्यलयबाट सिफारी समेत लिएर नगरपालिका पुगे तर नगर प्रमुखले पनि बेवास्ता गरेको उनले बताए । उनको ५ छोरी र दुई छोरा छन । छोरीहरु सबैले विबाह गरी सकेका छन्। 

उनका दुई छोरा मध्ये १६ बर्षका कान्छा छोरा उर्लाबारीको एक ग्यारेजमा दुई छाक खाना खाएर काम सिक्दै गरेको छ। पैसा समेत नदिने गरेको र जेठा छोरा बर्ष १८ का  चितवनमा ईट्ट भट्टामा काम गरेर आमाको उपचार गर्ने भनेर घरबाट समेत हिडेको तर ईटाभट्टामा काम समेत बन्द भएको हुदा उनको आमाको उपचार समेत गर्ने नसकेको भन्दै आफुलाई बताएको बुवा छैतालु भने आर्थिक अभावका कारण उपचार गराउन नसक्दा आफू निकै चिन्तित भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...