News Portal

  • मोरङको रंगेली स्थित तिरुपति आर्यघाट व्यबस्थित गरियो

    हिमालीसंचार संवाददाता
    १६० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ७ स्थित तिरुपति आर्यघाट फुलैफुलले ढक्कमक्क देखिने गरी रमणीय स्थालको रुपमा व्याबस्थापन गरिएको छ।

    यस क्षेत्रमा दुई बिघा क्षेत्रफलमा चारै तर्फबाट घेराबेरा समेत रहेको  दुई बर्ष अगाडिदेखि आर्यघाटमा प्रदेश सरकार र नगरपालिकाको आर्थिक सहयोगबाट निर्माणकार्य सुरु गरिएको हो । चारैतिर खुल्ला रहेको यो स्थानमा कुनै व्यवस्थापन हुन सकेको थिएन ।  

    स्थानीयले बक्राह खोलामा दाहासंस्कार गर्दा निकै सास्ती भोग्नु परेको थियो। सामान्य  पानी पर्दा र घाम लाग्दा समेत मलामीहरुलाई टाउको लुकाउने ठाउँ समेत नभएको स्थानीय मचिन्द्र कटुवालले बताए । तर अहिले बक्राहा खोलाको आर्यघाटलाई  तिरुपति आर्यघाटको नामाकारण गर्दे दुई बर्षदेखि सो आर्यघाटको स्वरुप नै परिवर्तन गर्ने स्थानीयहरु लागि परेका छन ।  

    अहिले आर्यघाट हरावरा तथा विभिन्न जातका फुल तथा कागती बगानले रमणीय दृश्य देखिन समेत थालेको कटुवालले बताए । स्थानीय व्यापारी तथा समासेवी मनोज अग्रवालले व्यवस्थापन समितिको अध्यक्ष भएपछि उनले आर्यघाटलाई बेग्लै पहिचान बनाउनका लागि दिनरात लागि परेको स्थानीय पवन सोनीले बताए। 

    अहिले आर्यघाटमा जो कायोही आउदा समते राम्रो व्यवस्थापन देखेर खुशी हुने गरेको अर्को स्थानीय गुरु प्रसाद अधिकारीले बताए। उक्त घाटमा रंगेली नगरपालिकाको केही भेगका स्थानीयको मृत्यु भएपछि सोही घाटको बक्राह खोलामा  दाहासंस्कार गर्दे आईरहेका छन् ।   

    बिगत दुई बर्षदेखि तिरुपति आर्यघाट मलामी घर, क्रिया पुत्री घर, दाउरा व्यवस्थापन समेत गर्दे आईरहेको छ । निर्माण संगै फुलवारी तथा कागती खेती संगसंगै विभिन्न प्रकारका प्रजातिका फुलहरु रोपेर अहिले रमणीय ठाउँ बनेको छ । 

    समितिका अध्यक्ष मनोज कुमार अग्रवाल का अनुसार आफुहरुले अतिविपन्न परिवारका परिवारहरुलाई निशुल्कै रुपमा पनि लास जलाउनका लागि दाउराको व्यवस्थापन समेत गर्दे आईरहेको बताए।  

    एक बर्षपछि कागती खेतीबाट केहीलआम्दानी भएको खण्डमा कर्मचारीहरुको तलव दिन समेत सहज हुने अपेक्षा रहेको उनले बताए। अहिले आर्यघाटमा एक जना सचिव सहित ३ जना कर्मचारीहरुले काम गर्दे आईरहेका छन् तर कर्मचारीहरुको तलव अपुग हुदै आईरहेको छ। यस व्यवस्थापन समितिबाट साथ सहयोग गरेर कर्मचारीहरुको तलव दिदै आईरहेको अग्रवालले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...

    सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय...