News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • किसन राई मृत्युप्रकरण: हिन्सको आधिकारिक धारणा सार्वजनिक, शाहको १२ पृष्ट लामो स्पष्टिकरण

    भाईरस भनेकै हूँ- विनय शाह, हिन्स भन्छ खुशी मनाएको छैन

    हिमालीसंचार संवाददाता
    २३८ पटक

    युवा राई/हङकङ – हङकङका पत्रकार महासंघका अध्यक्ष किसन राईको मृत्युप्रति खुशी व्यक्त गर्दै सामाजिक संजालको समूहमा हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक मध्येका एक निर्देशक विनय शाहले दिएको अभिव्यक्तिको विषयमा हिन्सले आफ्नो धारणा सार्वजनिक गरेको छ। शाहले दिएको १२ पृष्ट लामो स्पष्टीकरण समेत नत्थी गरिएको छ।

    नेपाल भ्रमणको क्रममा मृत्यु भएको समाचार कान्तिपुर दैनिकले छापेको थियो। त्यही समाचारको विषयमा शाहले सो संस्थाको ग्रुपमा ‘एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए । जसको चौतर्फी आलोचना भएपछि किरात राई यायोक्खा हङकङले प्रेस विज्ञप्ती नै जारी गरी माफी माग्न शाह र हिन्सलाई चेतावनी दिएको थियो। 

    किरात राई यायोक्खा हङकङले प्रेस विज्ञप्ति जारी गरेको दश दिनपछि हिन्सका कार्यबाहक अध्यक्ष यमलाल कँडेलद्वारा हस्ताक्षर पत्रमा किराया हङकङलाई स्पष्टिकरण दिएको छ। स्पष्टिकरणमा भनिएको छ; किराया हङकङको पत्र प्राप्त भएको जनाउदै आफ्नो संस्थाको एक सदस्याले प्राईभेट ग्रुपमा व्यक्त गरिएको शब्दहरुबाट किराया हङकङलाई पर्न गएको चोट प्रति संस्था र आफ्नो व्यक्तिगत तर्फबाट खेद प्रकट गर्दछु। सामाजिक संजालमा अर्थाईएको जस्तो हामीबीच स्व. किसन राईजीको दुखद निधनलाई लिएर कुनै खुशी व्यक्त गरिएको छैन। मानवीय गुण र संस्कारसंगत नभएको कारणले संस्थाका अन्य साथीको आग्रहलाई मनन गर्दै गल्ति महशुस गरेर सोहि समय शाहले लेखेको म्यासेज मेटिएको साथै भविष्यमा आफ्ना सदस्यहरुलाई सचेत समेत गरिएको उल्लेख गरिएको छ। 

    कार्यवाहक अध्यक्ष कँडेलले “हङकङको परिवेशमा किराया हङकङ र हिन्सले आ-आफ्नो स्थानमा समाजको भलाईको लागि कार्यरत चलाएमान संस्था रहेको हामीलाई ज्ञात भएकै कुरो हो यहाँ केहि दुषित मनसाय भएका व्यक्तिहरुले सकिइसकेको कुरालाई जबर्जस्ती फैलाई समाजमा बिखन्डन र अस्थिरता फैलाउन प्रयत्नशिल रहेको’ भन्दै ‘यो विषयलाई शान्तिपूर्ण ढङ्गले निवारण गर्न सक्षम हुनेछौं’ भन्ने उल्लेख गर्दै दुवै संस्थाले आत्मसंयम तथा सहकार्य गरि अधि बढ्नुको विकल्प नरहेको बताएको छ। 

    हिन्सले दिएको स्पष्टिकरणमा कँडेलले भनेका छन्; ‘किरात राई यायोक्खा हङकङको पत्रको अन्तिम हरफमा उल्लेखित विनय शाहलाई कठोर भन्दा कठोर कारबाही गर्न अगाडि बढ्ने भन्ने वाक्यमा किरात राई यायोक्खा हङकङ सच्चिनु जरुरी छ।’ उनले थप भनेका छन् ‘किराया सामाजिक संस्था भएकोले कसैलाई दण्ड दिन मिल्दैन।’

    कार्यवाहक अध्यक्ष कँडेलको पत्रसँगै विनय शाहको १२ पेज लामो स्पष्टीकरण समेत नत्थी गरेका छन्। “विनय शाहले १२ पेज लामो स्पष्टिकरणको पेज नं. ६ बाट किसन राईप्रति अनेक आरोप लगाउदै स्व. किसन राईसंग आफ्नो असन्तुष्टि र भाईरसका प्रकार उल्लेख गरेका छन्। भेटमा सधै नमस्ते दाई भनेर बोल्नु हुने श्रीमती शोभा बहिनी तथा परिवारसंग मेरो लेखाईलाई सार्वजनिक गर्दै कोलाहाल गरेर चोट पुराउनेहरु तथा मेरो तर्फबाट क्षमा चाहे”  भनेका छन्। हिन्सले आफ्नो धारण समेत सार्वजनिक गर्दै निर्देशक शाहले दिएका स्पष्टिकरण हिन्सको फेसबुकबाट ९९ जनालाई ट्यागिङ गरिएको छ। 

    किरात राई यायोक्खा बेलायत र मकाउले पनि किरात राई यायोक्खा हङकङप्रति आफ्नो ऐक्यवद्धता जनाउँदै हिन्सका निर्देशक शाहले माफी माग्न आग्रह गरेका छन्। किरात राई यायोक्खा बेलायतका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईको विज्ञप्तीमा भनिएको छ, ‘विनय शाह बेलायतमै बसेर यस्तो अमानवीय हर्कत गर्दैछन् भन्ने थाहा पाउँदा हामीलाई झनै पीडाबोध भएको छ। हाम्रो शोकमा खुशी मनाउने र मृत्युलाई मजाक बनाउने शाहविरुद्ध दबाब सिर्जना गरौं।’

    त्यस्तै, किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई र महासचिव सन्जिव कोयी राईले हस्ताक्षर गरेका ऐक्यबद्धतामा भनिएको छ, ‘किसन राईको मृत्युले विश्वभरका किरात राईहरुले आफ्नो अभियन्ता गुमाउँदा हिन्सका निर्देशक विनय शाहले दिएको अमानवीय अभिव्यक्तिको घोर भर्त्सना र निन्दा गर्दछौं।’ 

    नेपाल पत्रकार संघ हङकङ र नेपाल आदिवासी जनजाति महासङ्घ हङकङले हिन्सका अध्यक्षलाई सम्बोधन गर्दै नोभेम्बर १४ मा एक पत्र पठाएको छ। पत्रमा भनिएको छ, ‘हिन्सको ह्वाट्सएप समूहमा भएको वार्ताका अंश समाजिक सञ्जालहरूमा फैलिइरहेको छ। उक्त संवादमा ‘भाईरस सखाप’ भन्ने शब्दावली किसन राईप्रति लक्षित हो भन्ने ठहरका साथ हाम्रो ध्यानाकर्षण भएको छ। यसको सत्य तथ्य के हो? यस सम्बन्धमा संस्थाको धारणा के छ? यथा सम्भव भएसम्म चाँडै जानकारी गराउन अनुरोध गर्दछौं।’

    हिन्सका कार्यवाहक अध्यक्ष यमलाल कडेल किराया हङकङलाई पर्न गएको चोट प्रति संस्था र मेरो व्यक्तिगत तर्फबाट खेद प्रकट गर्दै आफ्ना सदस्यहरुलाई भविष्यमा फेरी यस्ता वाक्याहरु प्रवेश नपाउन सबै सदस्यहरुलाई सचेत गराएको उल्लेख गर्दै निर्देशक शाहले १२ पृष्ट लामो स्पष्टिकरण समेत नत्थी गरेका छन्। उक्त स्पष्टिकरणमा शाहले आफुले ‘भाईरस’ भनेको हु भनेर स्वीकार समेत गरेका छन्। 

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...