News Portal

  • ईलाका प्रहरी कार्यालयद्वारा नागरिक सुनवाई कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    १५८ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको वडा नम्बर ६ मा रहेको ईलाका प्रहरी कार्यालय रंगेलीको प्राङ्गणमा नगरिक सुनवाई कार्यक्रमको आयोजना  गरेको छ । ईलाका प्रहरी कार्यालयद्वारा नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो।

    कार्यक्रममा प्रमुख अतिथि रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, समाजसेवी सुरेश मिश्र, सामुदायिक प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, माउन्ट मकालु बाेडिङ स्कुलका प्रिन्सिपल भक्तराज सुब्बा, वडाअध्यक्ष तथा विभिन्न पाटीका प्रतिनिधि महिला संजालका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । 

    कार्यक्रममा प्रहरीको काम, कर्तव्य राम्रोसंग गरिरहेको र सहभागीहरुले पछिल्लो समयमा रंगेलीमा युवाहरु लागुआैषध तथा दुर्वेशनीमा फस्दै गएको प्रहरी र स्थानीय युवाहरुलाई नियन्त्रण गर्ने नसेकेमा भयावह अवस्था समेत आउन सक्ने सहभागीहरुले बताए । 

    त्यसैगरी ट्रिपर आतंक, गाउँ घरमा भुसिया कुकुरको कारणले गर्दा खसी बाख्रालाई मार्ने थालेको, रातीको समयमा सडकमा आवतजावत गर्ने सर्वसाधारणहरुलाई समेत झम्टने गरेको हुनाले त्यसलाई नियन्त्रण गर्नुपर्ने कुरामा नगरपालिकालाई सुझाव समेत दिएका छन । 

    प्रहरीले अहिलेसम्म नागरिकका लागि राम्रो शान्ति सुरक्षा दिदै आएता पनि अझै प्रहरीले बजार क्षेत्रमा मात्रै नभए र गाउँ घरमा समेत रातिको समयमा गस्ती गर्नुपर्ने कुरामा सुझाव समेत दिएका छन। कार्यक्रममा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । 

    प्रतिवेदनमा प्रहरीले नेपालको संविधान तथा प्रचलित ऐन कानुनहरुको अधिनमा रहेर नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गर्दै आइरहेको समेत जानकारी दिएका थिए। त्यसैगरी प्रहरीले एक बर्षे  प्रतिवेदनमा समेत प्रस्तुत गरेका थिए । 

    प्रहरीले मुद्दा दर्ता १ सय ८३ फर्चोट, १ सय ९ अन्य बाँकी ८२ , दुई बर्षको अबधीमा फरार ६१ जना घरेलु मदिरा ४ हजार ७ सय १० लिएर बरामद र निवेदन ३९ मध्ये २९ सहमती लगायतको  प्रतिवेदन पेस गरिएको थियो । 

    समुदाय प्रहरी साझेदारी अवधारणाट अन्तर्गत रही महिला हिंसा, घरेलु हिंसा, लागु औषध, साईबर अपराध, जातीय छुवाछुत तथा भेदभाव लगायतका विषयवस्तुहरुलाई समेटेर सचेतनामुलक कार्यक्रमहरु २९ वटा संचालन गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

    रंगेली नगरपालिकाको आर्थिक सहयोगमा यस कार्यालय परिसर भित्र नागरिक सहायता भवन निर्माण गरिएको र मातहतका प्रहरी युनिटहरुलाई नगरपालिकाले साथ सहयोग गर्दे गहिरहेको समेत उल्लेख गरिएको थियो। विभिन्न किसिमका विपदको समयमा उद्धार कार्य र क्षति न्युनिकरणको लागि खटिएको एवं कोभिड १९ प्रकोपको समयमा नेपाल सरकारबाट तोकिएका स्वास्थ्य मापदण्डको पालना गराउने एवं बन्दाबन्दीको पालना गराउने कार्यमा स्थानीय निकाय संग समन्वय गर्दै निर्वाह गरेको भूमिका पनि उल्लेखनीय रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...