News Portal

मोरङ जिल्लाको रंगेलीमा रहेका चनणिडका डिस्टिलरीका कामदार आन्दोलित

हिमालीसंचार संवाददाता
२८५ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका-८ स्थित रहेको चण्डिका डिष्टिलरीका मजदुरहरुले ९ सुत्रिय माग राख्दै आन्दोलन गर्ने भएका छन ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दे मजदुरहरुले आन्दोलन गर्ने  र श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै ऐन अनुसार माग पूरा गर्ने आन्दोलन गर्ने तयारी गरि रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।

उनीहरुले हाल कार्यरत रहेका नियमित कामदार तथा कर्मचारीहरु बाहेक सम्पूर्णलाई नियमित गरियोस्, सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई ३ महिना बरावरको खाइ पाई आएको तलव भत्ता सहित वार्षिक वोनस दिने व्यवस्था गरियोस्, सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई दशै खर्च वापत ४५ दिन बराबरको खाई पाई आएको तलव भत्ता दिने व्यवस्था गरियोस् ,  सम्पूर्ण कामदार तथा कर्मचरीहरुलाई श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम्पूर्ण विदाहरुका साथै महिलाहरुलाई तीज र जितिया पर्वको थप  बिदा यथासिघ्र लागू गरियोस् । 

त्यस्तै, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरुलाई दश लाख सम्मको जीवन विमा गरियोस् । कम्पनीले दिदै आएको कपडा भत्ता रु. २५ सय रुपैयाँ दिदै आएको तर पोशाक भत्तालाई वृद्धि गरी रु. ७ हजारका दरले सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई दिइयोस् ,  सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई घर भाडा बापत २५९ दिने व्यवस्था गरियोस्, रात्री सिफ्टमा काम गर्ने कामदार तथा कर्मचारीहरुलाई सि ऐलोन्स स्वरुप मासिक तिन हजार पाँच सय र  रात्री भत्ताको व्यवस्था गरियोस् तथा प्रतिष्ठान स्तरमा ट्रेड युनियनका प्रतिनिधिहरुलाई माथिल्लो कमिटिले आयोजना गर्ने बैठक गोष्ठि, सेमिनार तथा वार्ताहरुमा उपस्थित हुनुपर्दा काज विदाको साथै युनियन अफिसको व्यवस्था गरियोस् भन्दै माग प्रस्तुत गरेका छन   

चण्डिका डिस्टिलरीका प्रमुख रवि केसीसंग टेलिफोन मार्फत सम्पर्क गर्दे उनले भने आफूहरुले नेपाल सरकारले निर्धारण गरेको   ९ हजार ५ सय ५० रुपैयाँ र महंगी भत्ता ५ हजार ४सय ५०रुपैयाँ र ग्रेड हरेक बर्ष  आधादिनको तलब १ सय ५९ रुपैयाँ र घर भाडा  भाडा १० प्रतिशतले ९ सय ५५ रुपैयाँ तथा संचय कोष उत्पादनको  २०  प्रतिशतको दरले १९ सय १०  गरी  जम्मा १८ हजार  २४ रुपैयाँ पाउने व्यवस्था र त्यस बाहेक सिलिग भत्ता डिपाट अनुसार फरक फरक दिईरहेको र  बेटलिगमा मासिक रुपमा  ४ सय ५० रुपैयाँ  र बाेइलरमा सिप्टअनुसार ८ सय ५० देखि  १२ सय ५० रुपैयाँ र  प्लान्ट मा सिप्ट अनुसार ७ सय ५० रुपैयाँ  देखि २४ सय रुपैयाँ समेत दिदै आईरहेको उनले बताए । 

त्यसैगरी बार्षिक चाडपर्व बिदा पुरुषलाई १४ दिन तथा  महिलाहरुलाई १५ दिन र घर  बिदा बर्षमा १८ दिन बिरामी बिदा १२ दिन समेत दिदै आईरहेको समेत बताए ।  हरेक शनिबार बिदा गरी जम्मा ९७ दिन बिदा समेत दिदै आईरहेको छ । जम्मा ३६५ दिनमा २६८ दिन काम गरेर १२ महिनाको तलब, दशै पेश्कि, बोनोस, कपडाको ३ हजार गरि कम्सेकम पनि बार्षिक २४ लाख रुपैयाँ  समेत दिदै आईरहेको छ । 

त्यस्तै, ८ धण्टा भन्दा बढी काम गरे ओभरटाईम बापत न्यूनतम तलबमा १.५ प्रतिशतका दरले बोनोसको हकमा कम्पनी धाटामा हुदा समेत १ महिनाको बोनस समेत दिएको    ब्यालेन्स सिट हेरेर बाेनस खाउ भन्दा समेत मजदुरले नमानेको र श्रम ऐन अनुसार बोनस उपल्बध गाउदा पनि वा नियम सम्बत गर्दागर्दै पनि नभएकाले अब कम्पनी बन्द गर्नु बाहेक अरु बिकलप समेत नरहेको केसीले  बताए 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...