News Portal

रौतहटमा सवारी दुर्घटना हुँदा ४ भारतीय नागरिकको मृत्यु

हिमालीसंचार संवाददाता
३३१ पटक

जनकपुरधाम।
रौतहटमा सवारी दुर्घटनामा परी ४ जना भारतीय नागरिकको मृत्यु भएको छ। गएराति अमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक कार दुर्घटना भएको हो।

चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने उक्त सडखण्डमा यूके १२ सी २९०० नम्बर प्लेटको कारमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको प्रहरी उपीक्षक दिनेश घिमिरेले जानकारी दिए।

प्रहरीले उनीहरुको साथमा भएको आईडी कार्डको आधारमा भारतीय नागरिक रहेको पहिचान गरेको हो। यद्यपि, उनीहरुको सनाखत हुन सकेको छैन। प्रहरीले घर परिवारलाई जानकारी गराइसकेको छ।

झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना कार सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो।

चारैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। दुर्घटनामा परेको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेन लगाएर निकालेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...