News Portal

रौतहटमा सवारी दुर्घटना हुँदा ४ भारतीय नागरिकको मृत्यु

हिमालीसंचार संवाददाता
३६४ पटक

जनकपुरधाम।
रौतहटमा सवारी दुर्घटनामा परी ४ जना भारतीय नागरिकको मृत्यु भएको छ। गएराति अमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक कार दुर्घटना भएको हो।

चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने उक्त सडखण्डमा यूके १२ सी २९०० नम्बर प्लेटको कारमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको प्रहरी उपीक्षक दिनेश घिमिरेले जानकारी दिए।

प्रहरीले उनीहरुको साथमा भएको आईडी कार्डको आधारमा भारतीय नागरिक रहेको पहिचान गरेको हो। यद्यपि, उनीहरुको सनाखत हुन सकेको छैन। प्रहरीले घर परिवारलाई जानकारी गराइसकेको छ।

झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना कार सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो।

चारैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। दुर्घटनामा परेको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेन लगाएर निकालेको छ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...