News Portal

किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन १२ देशका प्रतिनिधि नेपालमा पुगे

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं – किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन १२ भन्दा बढी देशको प्रतिनिधिहरु नेपालको राजधानी काठमाडौं आइसकेको आयोजकले जानकारी दिएका छन्।

भोली कार्तिक २७, नोभेम्बर १३ गतेदेखि तीन दिनसम्म तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा बेलायतबाट अध्यक्ष कल्पना राई, उपाध्यक्ष मेजर योगेश कोयी राई, अमेरिकाबाट सचिव किरात राई एसोएियसन अफ अमेरिकाका सचिव दिवस राई, दक्षिण कोरियाबाट अध्यक्ष पदम राई, महासचिव जीवन राई, साउदी अरबबाट भोगेन्द्र चाम्लिङ राई, मकाउबाट नवीन राई, हङकङबाट बिमल राई, मनि राई लगायत सहभागि हुने आयोजक किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव जनक राईले जानकारी दिएका छन्। 

प्रत्येक देशबाट पाँच जनाको दरले प्रतिनिधि रहने ब्यबस्था अनुसार १२ भन्दा बढी देशबाट नेपाल आइसकेको महासतिव राईले बताए । किरात राई समुदायको भाषा, लिपी, तीन चुल्हा, संस्कारको एक रुपता र समुदायलाई एकताबद्ध राख्ने उदेश्यले किरात राई अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएर क्रियाशिल रहेको छ। 

समन्वय समितिमा १८ भन्दा बढी मुलुकमा सञ्जाल रहेको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को प्रमुख अतिथ्यता साथै १ नम्बर प्रदेशको मुख्यमन्त्री राजेन्द्र राईको विशेष उपस्थितिमा राष्ट्रिय सभागृहमा हुँदैछ । कार्यक्रममा संघ र प्रदेशका सांसदहरु, पूर्व मन्त्री, संवैधानिक निकायका सदस्यहरु उपस्थित हुने आयोजक समितिका अध्यक्ष दिवस राईले बताए ।  

शनिबार १२ बजेदेखि राष्ट्रिय सभागृह परिसरमा साकेला नृत्य प्रस्तुत हुनेछ । कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार जितेन राई, महागायक राजेशपायल राई, पार्वति राई, भीषण मुकारुङ राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई), बाँसुरी बादक नगेन्द्र राईको साथै किरात राई सांस्कृतिक कलाकार संघका राई नवीन, पदम राई लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । 

ललितपुर सातदोबाटो स्थित यलेखिम रेष्टुरेन्ट एण्ड बैंक्वेटमा दुई दिनसम्म चल्ने बन्दसत्रमा आठ भन्दा बढी कार्यपत्रहरु, रहेक देशमा रहेका राई समुदायको अवस्था बारे रिर्पोटिङ यायोक्खा उपाध्यक्षसमेत रहेका विदेश बिभाग प्रमुख जिवन हाताछो राईले बताए । 

सम्मेलनमा १५ भन्दा बढी बिदेश शाखा, नेपालको २३ वटा जिल्ला, २६ वटा भाषिक संस्थाहरु, २ वटा किरात प्रदेश समन्वय समितिहरु र ८ वटा भातृ संस्थाहरुबाट ३७५ जना भन्दा बढि प्रतिनिधिहरुको सहभागिहुने महासचिव जनक राईले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...