आज : २०२६-०६-१९, शुक्रबार

मोरङ जिल्लाका नव किसान युवा क्लवद्वारा जेष्ठ नगरिकलाई सम्मान

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका-५ स्थित आमगाछीमा स्थापना भएको नव किसान युवा क्लबद्वारा   छट पर्वको अवसरमा जेष्ठ नागरिक तथा अति बिपन्न परिवारका ब्रतालुहरुलाई छट घाटम‌ै पुगेर सम्मान गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा नव युवा क्लवका अध्यक्ष पारस मण्डल  तथा पदाधिकारीहरुको उपस्थितिमा उक्त सम्मान कार्यक्रम राखिएको हो। 

कार्यक्रममा मोरङ जिल्लाका दलका नेताहरुको समेत उपस्थितिमा  जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो । जेष्ठ नागरिकमा अनुप लाल मण्डल, बिनोद प्रासाद मण्डल, चन्द्र नारायण मण्डल, जगदीश प्रासाद मण्डल तथा सूर्य नारायण मण्डलहरुलाई  दोसल्ला र माला लगाएर सम्मानित गरेको पारस मण्डलले बताए ।