News Portal

किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा के के बिषय छलफल हुदैछ? क–कस्ले कार्यपत्र प्रस्तुत गर्दैछन ?

हिमालीसंचार संवाददाता
३२६ पटक

काठमाडौं – नेपालको राजधानी काठमार्डौमा भोलीदेखि हुन लागेको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन भोलीदेखि हुदैछ। सम्मेलनको उद्घाटन कार्यक्रम कार्तिक २७ गते (नोभेम्बर १३) राष्ट्रिय सभागृहमा भोली दिनको १ शुरु बजे हुँदैछ ।

सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुन, नव नियुक्त १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्ने कार्यक्रममा प्रदेशका अन्य मन्त्रीहरु, संघ र प्रदेशका सांसदहरु, पूर्ब मन्त्री, संवैधानिक निकायका सदस्यहरु कार्यक्रममा उस्थित हुने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा चर्चित महागायक राजेशपायल राई, चर्चित कलाकारहरु जितेन राई, पार्वति राई, भीषण मुकारुङ राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई) र बाँसुरी बादक नगेन्द्र राईको प्रस्तुति रहने छ ।

बन्द सत्रमा हुने छलफलमा आठ भन्दा बढी बिषयमा कार्यपत्र प्रस्तुत हुने तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको बन्द सत्र ललितपुरको तिखेदेवल स्थित यलेखिम रेष्टुरेन्ट तथा बैंक्वेटमा किरात राई समुदायको भाषा, लिपी, किरात धर्म र माङ्खिम, सुप्तुलुङ लगायत संस्कार संस्कृति तथा सांगठानिक बिषयमा आठ भन्दा बढी पेपरहरु प्रस्तुत हुनेछ । यी बिषयहरुमा बृहत छलफलपछि सामुहिक निर्णय हुने किराया केन्द्रिय अध्यक्ष समेत रहेका किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन मूल आयोजक समितिको संयोजक दिवस राइले बताए ।

‘किरात इतिहास र राई जाति’ बारे अनुसन्धानकर्ता भोगिराज चाम्लिङ राई, ‘किरात राई समुदायको भाषाहरुको अवस्था’ बारे डा.नेत्रमणि दुमी राई, ‘किराती भाषामा आलेखन र लिपीको प्रयोग’ बारे डा.तारामणी कोयी राई, ‘किरात धर्म र माङखिम’ जयकुमार राई (कुलपति, किरात राई प्रज्ञा परिषद) ‘मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग’ शान्तिदेवि राई (मुन्दुम अध्ययता) र चतुरभक्त दुमी राई (सहप्रध्यापक)ले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

किरात प्रदेशको आन्दोलन र नामकरणको सवालमा अध्यक्ष दिवस राई, किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको नियमावलीको मस्यौदा यायोक्खा उपाध्यक्ष जीवन हाताछो राई र नेपालको १२ औं राष्ट्रिय जनगणना बारे महासचिव जनक राईले डकुमेन्ट प्रस्तुत गर्ने तयारी रहेको छ । यायोक्खाको पूर्ब उपमहासचिव दिवस कोयु राई (हाल अमेरिका)ले पनि पेपर प्रस्तुत गर्ने बुझिएको छ ।

किरात राई यायोक्खाको सम्पर्कमा १८ भन्दा बढी देशहरुमा सञ्जाल र सम्पर्क रहेको छ । यो सम्मेलनमा १५ भन्दा बढी देशबाट प्रतिनिधि सहभागि हुने भनिएको छ । यी देशहरुमा किरात राई समुदायको अवस्था बारे प्रतिवेदनहरु प्रस्तुत हुनुको साथै बिभिन्न देशबाट आएका बिज्ञहरुलाई कार्यपत्र प्रस्तुत गर्न खुल्ला रहेको संयोजक दिवस राईले बताए ।

विश्वभर रहेका राई समुदायको एकता, संस्कार, संस्कृतिमा एक रुपताको साथै किरात प्रदेश नामकरणको लागि आवश्यक पहल गरिने बताइएको छ । दुई दिनसम्म चल्ने बन्दसत्रमा प्रस्तुत बिषयहरु माथि गम्भीर छफफल, बहसपछि निर्णय हुनेछ ।

किरात राई अन्तराष्ट्रिय समन्वय समितिको आयोजनामा कार्तिक २७, २८ र २९ गते (२०२१ नोभेम्बर १३, १४ र १५ तारिख) काठमाडौमा हुन लागेको हो। सम्मेलनमा छिमेकी मुलुक भारतको दार्जेलिङ, सिक्किम, अमेरिका, बेलायत, इजरायल, यूएई, कतार, मलेशिया, मकाउ, हङकङल लगायत १५ भन्दा बढी बिदेश शाखा, नेपालको २३ वटा जिल्ला, २६ वटा भाषिक संस्थाहरु, २ वटा किरात प्रदेश समन्वय समितिहरु र ८ वटा भातृ संस्थाहरु गरी ३७५ जना भन्दा बढि प्रतिनिधिहरुको सहभागिहुने किराया केन्द्रीय महासचिव जनक राईले बताए । 

सम्मेलन सम्पन्न गर्न यायोक्खा अध्यक्ष समेत रहेका किरात राई अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्ष दिवस राईको अध्यक्षतामा मूल आयोजक समिति र सो मातहतमा रहने गरी ११ वटा उपसमितिहरु गठन गरि क्रियाशील रहेको महासचिव जनक राईले बताए ।

यस अघि २०६७ साल चैत २७ र २८ गते (सन २०११ अप्रिल ११ र ११) काठमाडौं नेपालमा पहिलो र २०७१ साल फागुन ९ र १० गते (सन २०१५ फेबु्रअरी २१ र २२) भारतको सिलिगुडीमा किरात राई दोस्रो अन्तराष्ट्रिय सम्मेलन भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...