News Portal

  • हिन्सका निर्देशक शाहले दिएको अभिव्यक्ति विरुद्ध किराया बेलायतको ऐक्याबद्धता

    हिमालीसंचार संवाददाता
    २३६ पटक

    युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष, संरक्षक सदस्य तथा पूर्वउपकुलपति, आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष किसन राईको मृत्यु प्रकरणमा हिन्सका निर्देशक विनय शाहीले हिन्सको भाईबर ग्रुपमा दिएको अभिव्यक्तिले गम्भीर ध्यानकार्षण भएको जनाउदै किरात राई यायोक्खा हङकङले जारी गरेको विज्ञप्तिमा किरात राई यायोक्खा बेलायतले ऐक्याबद्धता जनाएको छ ।

    किरात राई यायोक्खा बेलायतले मिति २४ ओक्टुबर २०२१ काठमाडौबाट मध्यपहाडी लोकमार्ग हुदै भोजपुर जानेक्रममा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८, दोर्पा चिउरीडाडा स्थित पंखु खोलाको भिरबाट लडेर पत्रकार साथै सामाजिक अभियन्ता किसन राईको अकल्पनीय असामयिक दु:खद निधन भएको खबरले विश्वभरका किरात राईहरु आफ्नो समुदायको एउटा होनाहार व्यक्तित्व, आफन्त, आत्मिय स्वजन, अभिभावक अकस्मात गुमाउदाको पीडाले स्तब्ध बनाईरहदा, हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक विनय शाहले दिएको अमानवीय अभिव्यक्तिलाई लिएर किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राई र महासचिव गंगा राम राईद्वारा हस्ताक्षरित मिति ४ नोभेम्बर २०२१ मा सार्वजनिक प्रेस विज्ञप्ति प्रति किराया बेलायत पूर्ण सहमति सहित ऐक्याबद्धता जनाएको हो।  

    ऐक्याबद्धता अपीलमा थप भनिएको छ; ‘नश्लिय राज्यसत्ताको चरित्र बोकेका निज विनय शाह संयुक्त अधिराज्य (बेलायत) मै बसेर यो अमानवीय हर्कत गक्दैछन् भन्ने थाहा पाउदा हामीलाई झनै पीडा बोध भएको छ।’ हाम्रो शोक र पिडामा खुशी मनाउने मृत्युलाई मजाक बनाउने शाह विरुद्ध दबाब सिर्जना गरौ।

    किराया हङकङको माग प्रति तमाम बेलायतबासी किरात राई समुदाय ऐक्याबद्धता जनाई दिन साथै आबश्याक थप कदममा दिन पनी हार्दिक अनुरोध गर्दछौ। दिवंगत राई प्रति शब्द श्रद्धा अर्पण गर्दै महासचिव चन्द्रवती राई र कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईद्वारा हस्ताक्षरित ऐक्याबद्धा अपील गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राजनीतिक दबाब नभई व्यक्तिगत कारणले पद त्यागेको खतिवडाको भनाइ

    काठमाडौं, साउन २७ – नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि...

    कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...