News Portal

हिन्सका निर्देशक शाहले दिएको अभिव्यक्ति विरुद्ध किराया बेलायतको ऐक्याबद्धता

हिमालीसंचार संवाददाता
२८९ पटक

युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष, संरक्षक सदस्य तथा पूर्वउपकुलपति, आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष किसन राईको मृत्यु प्रकरणमा हिन्सका निर्देशक विनय शाहीले हिन्सको भाईबर ग्रुपमा दिएको अभिव्यक्तिले गम्भीर ध्यानकार्षण भएको जनाउदै किरात राई यायोक्खा हङकङले जारी गरेको विज्ञप्तिमा किरात राई यायोक्खा बेलायतले ऐक्याबद्धता जनाएको छ ।

किरात राई यायोक्खा बेलायतले मिति २४ ओक्टुबर २०२१ काठमाडौबाट मध्यपहाडी लोकमार्ग हुदै भोजपुर जानेक्रममा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८, दोर्पा चिउरीडाडा स्थित पंखु खोलाको भिरबाट लडेर पत्रकार साथै सामाजिक अभियन्ता किसन राईको अकल्पनीय असामयिक दु:खद निधन भएको खबरले विश्वभरका किरात राईहरु आफ्नो समुदायको एउटा होनाहार व्यक्तित्व, आफन्त, आत्मिय स्वजन, अभिभावक अकस्मात गुमाउदाको पीडाले स्तब्ध बनाईरहदा, हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक विनय शाहले दिएको अमानवीय अभिव्यक्तिलाई लिएर किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राई र महासचिव गंगा राम राईद्वारा हस्ताक्षरित मिति ४ नोभेम्बर २०२१ मा सार्वजनिक प्रेस विज्ञप्ति प्रति किराया बेलायत पूर्ण सहमति सहित ऐक्याबद्धता जनाएको हो।  

ऐक्याबद्धता अपीलमा थप भनिएको छ; ‘नश्लिय राज्यसत्ताको चरित्र बोकेका निज विनय शाह संयुक्त अधिराज्य (बेलायत) मै बसेर यो अमानवीय हर्कत गक्दैछन् भन्ने थाहा पाउदा हामीलाई झनै पीडा बोध भएको छ।’ हाम्रो शोक र पिडामा खुशी मनाउने मृत्युलाई मजाक बनाउने शाह विरुद्ध दबाब सिर्जना गरौ।

किराया हङकङको माग प्रति तमाम बेलायतबासी किरात राई समुदाय ऐक्याबद्धता जनाई दिन साथै आबश्याक थप कदममा दिन पनी हार्दिक अनुरोध गर्दछौ। दिवंगत राई प्रति शब्द श्रद्धा अर्पण गर्दै महासचिव चन्द्रवती राई र कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईद्वारा हस्ताक्षरित ऐक्याबद्धा अपील गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...