News Portal

पत्रकार राईको मृत्यु प्रकरणमा विनय शाहले स्पष्टिकरण दिने, माफी नमाग्ने

‘एउटा भाईरस सखाप भन्ने वाक्य मात्र किसनलाई भनेको हुँ, बाँकी शब्दहरु अन्य सन्दर्भको हो।’

हिमालीसंचार संवाददाता
२८८ पटक

युवा राई/हङकङ – हङकङ पत्रकार महासंघका अध्यक्ष किसन राईको मृत्यु प्रकरणमा दिएको अभिव्यक्ति ‘एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ’ भन्ने विषयमा हिन्सका निर्देशक विनय शाहले आफु स्पष्टिकरण दिन तयार रहेको तर माफी नमाग्ने बताएका छन्।

पत्रकार राई मध्यपहाडी लोकमार्ग खोटाङ हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा गत ७ कात्तिक (२४ अक्टोबर) साँझ भीरबाट लडेर पत्रकार राईको मृत्यु भएपछि सामाजिक सञ्जालको हिन्स समूहमा दिएको अभिव्यक्तिलाई लिएर शाह विवादमा तानिएका थिए।

हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक समेत रहेका शाहले सोही संस्थाका निर्देशकहरुको भाईबर ग्रुप च्याटमा ‘धेरैपछि खुसीको समाचार सुनियो। एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए, जसले राईको मृत्युपछि शोकमा रहेका हङकङको नेपाली समुदायलाई स्तब्ध बनाएको थियो। 

पत्रकार राईको मृत्यु प्रकरणमा धेरैले आशंका व्यक्त गरिरहेको समयमा यस्तो अभिव्यक्ति सार्वजनिक हुदा थप आशंका पैदा भएको छ। शाहले दिएको अभिव्यक्तिले स्तब्ध र दुखी बनाएको भन्दै घटना भएको दश दिनपछि १८ कात्तिक (४ नोभेम्बर) मा किरात राई यायोक्खा हङकङले आपत्ति जनाउदै एउचा विज्ञप्ति निकालेको थियो। 

किरात राई यायोख्खा हङकङका अध्यक्ष चन्द्रका राई र महासचिव गङ्गाराम राईद्वारा हस्ताक्षर विज्ञप्तीमा हिन्सले विनय शाहमाथि कारबाही गर्नुपर्ने माग गरेको थियो। किराया हङकङले जारीगरेको विज्ञप्तिमा ‘हिन्सले नैतिकताको जिम्मेवारी बहन गर्दै संस्थाको डाईरेक्टर विनय शाहलाई तुरुन्त कारबाही गरि हङकङको नेपाली समाज माझ लिखित माफी माग्न लगाओस्’, विज्ञप्तीमा भनिएको छ, ‘हिन्सले शाहलाई माफी माग्न नलगाए वा निजलाई कुनै कार्बाही नगरे आगामी दिनमा किराया हङकङ बाध्य भई कठोर भन्दा कठोर अन्य कारबाही गर्न अगाडि बढ्ने जानकारी गराउँछौं।’

किसन किरात राई यायोक्खा हङकङका पूर्व अध्यक्ष तथा संरक्षक सदस्य थिए। किरात राई यायोक्खा हङकङको विज्ञप्तीपछि हाल लन्डनमा रहेका शाहले आफुमाथि कारबाही गरेर देखाउन चुनौति समेत दिएका छन्।

‘विज्ञप्तिमा प्रयोग भएका वाक्यहरुप्रति मेरो आपत्ति छ, एउटा सामाजिक संस्थाले कुनै व्यक्तिलाई कारबाही गर्न मिल्दैन’, शाहले भने, ‘कानुनी कारबाही गर्ने अधिकार प्रहरी र अदालतलाई मात्र हुन्छ। सक्छ भने किराया हङकङले मलाई कारबाही गरेर देखाओस्।’ 

कसैको मृत्यु हुँदा खुसी मनाउनु मानवीय संवेदनहिनता भएन र? यो प्रश्नमा शाहले भने, ‘एउटा भाईरस सखाप भन्ने वाक्य मात्र किसनलाई भनेको हुँ, बाँकी शब्दहरु अन्य सन्दर्भको हो। सम्बन्धित व्यक्तिहरुले सोधेमा त्यसको स्पष्टीकरण दिन तयार छु तर माफी माग्दिनँ।’ उनले भनेका छन्।

यता हिन्सले भने शाहमाथि होइन, त्यो च्याट लिक गर्ने व्यक्तिमाथि चाहिँ कारबाही गर्ने तयारी गरेको छ। हिन्सकै एक जना डाईरेक्टर नरेन्द्र राज गुरुङले किसन राईको मृत्युमाथि भएको उक्त संवादको स्क्रिन सट अर्का डाईरेक्टर बर्दन गुरुङले चुहावट गरेको दाबी गरे। नरेन्द्रले यस विषयमा संस्थागत रुपमा छलफल गरि बर्दनमाथि आन्तरिक कारबाही गर्ने तयारी भएको दाबी गरेका छन्।

त्यस्तै, शाहकै जस्तो भनाई स्याङ्जाली कान्छा नामले चिनिने कोमल गरुङले पनि सामाजिक संजाल फेसबुक स्टाटसमा लेखेका थिए, जुन केही समयपछि हटाएको गरिएको थियो। ती स्टाटस समेत हङकङमा नेपाली समुदायबीच भाईरल भईरहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...