News Portal

किरायाको देउसी कार्यक्रममा ८ लाख रकम संकलन, तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका लागि खर्च हुने

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौ – किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले आयोजना गरेको देउसी-भैलो कार्यक्रममा करिब ८ लाख रुपैयाँ संकलन भएको यायोक्खाले जानकारी दिएको छ ।

कोटेश्वर स्थित आफ्नै मुख्य कार्यालयमा बिहिबार १८ कार्तिक देउसी तथा किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको विषयमा जानकारी कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रममा पूर्ब मन्त्री, वर्तमान सांसद, संवैधानिक आयोजकको सदस्य र उच्च तहको कर्मचारीहरु सहभागि भएका थिए ।  

आगामी कार्तिक २७, २८ र २९ गते हुनलागेको किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका लागि आर्थिक सहयोग संकलन गर्ने उदेश्यले देउसी कार्यक्रमको आयोजना गरिएको यायोक्खाले जनाएको छ । 

आयोजित कार्यक्रममा किरात राई यायोक्खाले म्यान पावर संघका अध्यक्ष तथा ब्याबसायी यामबहादुर राई (वाई.बी.)बाट एक लाख, यायोक्खा केन्द्रय कोषाध्यक्ष बैंकर्स मनबहादुर राईबाट ५१ हाजर, उद्योगी तेजबहादुर राईबाट ५० हजार, किरात राई कर्मचारी संघबाट ८१ हजार, यायोक्खा पूर्ब उपाध्यक्ष मनिकुमार राईबाट ३१ हजार, सुनिल राईबाट ३०, भक्तकुमार राईबाट २६ हजार लगायत विभिन्न ब्यक्तिहरुबाट ७ लाख ७६ हजार रकम संकलन भएको यायोक्खा केन्द्रीय समितिका कोषाध्यक्ष देवान राईले बताए । 

कार्यक्रममा १ नम्बर प्रदेशका निवर्तमान सामाजिक बिकास मन्त्री उषाकला राई, लोकसेवा आयोगका सदस्य बीरबहादुर राई र आदिबासी जनजाति आयोगको सदस्य शरण राई, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्ब उपाध्यक्ष जितपाल किराती, नेपाल सरकारको उपसचिव खिलराज राई, अनिल किराती, शाखा अधिकृतहरु, शसस्त्र प्रहरीका पूर्ब आइजीपी दुर्जकुमार राई, जनपद प्रहरीको पूर्ब एआइजीहरु उपस्थित रहेका थिए । यायोक्खा पूर्ब उपाध्यक्ष मणिकुमार राई, दुर्गा राई लगायत पूर्ब पदाधिकारीहरुको उपस्थिति रहेको महासचिव जनक राईले जानकारी दिए ।

 

देउसीमा पूर्ब मन्त्री अशोककुमार राई लगायतले सहयोग जम्मा गरेको कोषाध्यक्ष देवान राईले बताए। किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलनमा ४० लाख खर्चहुने अनुमानित बजेट रहेको यायोक्खा उपाध्यक्षसमेत रहेका आर्थिक उपसमितिका संयोजक राकेश राईले बताए ।  

 काठमाडौमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका १५ भन्दा बढी देशहरुबाट प्रतिनिधि आउने यायोक्खा अध्यक्षसमेत रहेका किरात राई तेस्रो अन्तर्राष्ट्रिय आयोजक मूल समारोह संयोजक दिवस राईले बताए । 

सम्मेलनले राई जातिको इतिहास, भाषा, लिपि र धर्मसंस्कृति सम्बन्धी विचार विमर्श गर्दै १ नं. प्रदेशलाई ‘किरात प्रदेश’ नामाकरण गर्ने सवालमा व्यापक छलफल गर्दै सामुहिक निर्णय हुने यायोक्खा उपाध्यक्ष तथा विदेश विभाग प्रमुख जिवन हाताछो राईले हिमालीसंचारडटकमसंग बताए । 

सम्मेलनको उद्घाटन कार्यक्रम कार्तिक २७ गते राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन, १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईको उपस्थितिमा उद्घाटन हुनेछ । उद्घाट्न कार्यक्रममा महागायक राजेश पायल राई, चर्चित कलाकारहरु जीतेन राई, पार्बति राई, भीषण मुकारुङ राईको प्रस्तुति रहने समेत जानकारी दिए।
त्यस्तै, बासुरी बादक नगेन्द्र राई र हास्य कलाकार फुलन्देकी आमा (उमेश राई)को प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम तयारी उपसमिति संयोजक राजुएन राईले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...