News Portal

युनिक बचत तथा ऋण सहकारी संस्था गौरादह सेवा केन्द्रका गैरकानुनी धन्धा

हिमालीसंचार संवाददाता
२५२ पटक

दमक – झापाको दमक मुख्य कार्यालय रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लि.गौरादह सेवा केन्द्रले गैरकानुनी गतिविधि गरेको पाइएको छ । गत असोज २१ गतेबाट विधिवत रुपमा संचालनमा आएको उक्त सहकारी संस्था गैरकानुनी रुपमा संचालन गरेको पाइएको छ ।

गौरादह सेवा केन्द्रको बोर्डमा दर्ता नम्बर ९५/०६४/०६५, पाना नम्बर ३०३८३७०६० लेखिएको उल्लेख भएता पनि कार्यालय भित्र यो समाचार तयार पार्दासम्म कुनै कागजपत्र राखिएको थिएन भने स्थानीय निकायमा सूचिकृत नगरिकन गैरकानुनी रुपमा संस्था संचालन गरिरहेको छ। 

यस बिषयमा जिज्ञासा राख्दा उक्त सेवाकेन्द्रका व्यवस्थापक संकेत बुढाथोकीले भने ‘हाम्रो मुख्य कार्यालय दमक हो, सम्पूर्ण कागतपत्रहरु दमकमा राखेका छौं।’ स्थानीय निकायमा सूचिकृत नगरी कार्यालय संचालन गर्न मिल्छ भन्ने हाम्रो स्थानीय प्रतिनिधिको प्रश्नमा भने उनी मौन रहेका थिए। 

सहकारी ऐनको निर्देशन अनुसार सहकारीले सेवा केन्द्र बिस्तार गर्न जहाँ सेवा केन्द्र बिस्तार गर्ने हो अनिवार्य रुपमा त्यहाँ ३ सय जना सदस्य हुनुपर्ने हुन्छ। स्थानीय निकायबाट अनिवार्य सिफारिस गरिएको हुनुपर्ने वा स्थानीय निकायमा अनिवार्य सूचिकृत हुनुपर्ने भएता सहकारीले कुनै प्रकृया पूरा नगरी उक्त सेवा केन्द्र संचालनमा रहेको हो।

प्रदेश नम्बर १ का सहकारी रजिस्टार वलराम निरौला सहकारीले अनिवार्यरुपामा प्रक्रिया पूरा गरेरमात्र सेवा केन्द्र विस्तार गर्न पाउने बताउँछन् । निरौला भन्छन् ‘सहकारी ऐनले निर्देशन गरेको कुरालाई सहकारीले अनिवार्य रुपामा पालना गर्नु पर्छ। अन्यथा गैरकानुनी रुपमा संचालन गरेको मानिनेछ । सहकारीले प्रक्रियागत ढंगले सबैतिर दर्ता गरेको भएतापनि सेवा केन्द्र विस्तारमा स्थानीय निकायमा अनिवार्य रुपमा सूचिकृत नगरि वा स्थानीय निकायको सिफारिस बिना  सेवा केन्द्र संचालन गर्न पाइदैन ।’

प्रक्रिया पूरा नगरी ऋण प्रवाह गर्दै सहकारी, सेयर सदस्यहरुको लगानी उच्च जोखिममा 

त्यसो त स्थानीय निकायमा प्रक्रिया पूरा नगरी सेवा केन्द्र बिस्तार गरेको सहकारी आफैमा गैरकानुनी त छदैछ, झन् प्रक्रिया नै पूरा नगरी हचुवाको भरमा ऋण प्रवाह गरेर गौरादह सेवा केन्द्रले सेयर सदस्यहरुको लगानी उच्च जोखिममा पारेको पाइएको छ ।

गौरादह नगरपालिका वडा नम्बर १ बस्ने ५६ वर्षकी दुर्गा देवी बिष्टले विस २०७८ साल ७ महिना १५ गते कर्जा माग गरिन । अचम्मको कुरा त के देखियो भने जुनदिन कर्जा माग गरियो सोही दिन कर्जा तमसुक पनि गरियो र उक्त दिन नै विष्टलाई कर्जा प्रवाह गरियो ।कर्जा यति चाडो प्रवाह गरियो कि संस्थाले सामान्य प्रक्रिया पनि पूरा गर्न आवश्यक ठानेन। गैर सेयर सदस्यलाई लगानी गरेता पनि समितिको निर्णय बिना एकैदिनमा हतार हतार कर्जा प्रवाह गर्नु आफैमा शंकास्पद देखिन्छ ।

गौरादह नगरपालिका वडा नम्बर १ को कि.नं.१९१३ को ४१०३.०० क्षेत्रफल रहेको जग्गा धितो राखेर रु ४००००० कर्जा प्रवाह गरिएता पनि ऋणीको आम्दानीको श्रोत पनि संस्थाले आफै कपोकल्पित रुपमा सृजना गरेको पाइएको छ ।

‘क’ पनि नपढेकी दुर्गा देवी बिष्टलाई आम्दानीको श्रोत कृषि र शिक्षिका देखाएर ऋण प्रवाह गरेको देखिन्छ भने उनको छोरा चै मिस्री नै पेशा गर्ने बुझिएको छ ।`छोराले धेरै कर गरेर ऋण लिउ भन्यो । मैले उहाँहरुले जहाँ जहाँ थिच भने त्यहाँ त्यहाँ थिचिदिए ।म ऋण माग्न आएको पनि हैन मैले उहाँसंग कुरा पनि गरेको हैन ।´ बिष्टले भनिन ।

संस्थाको दमक कार्यालयको कागजपत्रमा ऋणीलाई सहीछाप गराएको उक्त सहकारीको नियत माथि धेरै प्रश्नचिह्न उठेका छन् ।आम्दानीको श्रोत नै नभएको मान्छेलाई प्रक्रिया पूरा नगरी ऋण लगानी गरेर ऋणीको करोडौं पर्ने धितो हडप्ने नियत संस्थाको रहेको देखिन्छ ।

संस्थाको मुख्य कार्यालय दमककी व्यवस्थापक बन्दना सुवेदीले भने संस्थाको गलत नियत नभएको बताइन। सन्चारकर्मिसंक कुरा गर्दै सुवेदी भन्छिन् ‘हामीबाट केही गल्ति कमजोरी भएकै हो तर कुनै गलत नियत भने छैन । आगामी दिनमा यस्ता कमीकमजोरी हटाउदै कानुन संवत् ढंगले संस्थालाई अगाडि बढाउदै लानेछौं ।´ 

पत्रकार हप्काउने यिनी को हुन् ? 

रिपोर्टिङको क्रममा संस्थाको गौरादह सेवा केन्द्रमा पुगेका पत्रकारसंग दमक कार्यालयकी व्यवास्थापक बन्दना सुवेदीसंग आउने महेश भण्डारी नामका युवाले दुर्ववहार गरेका छन् । संस्थाको सदस्य तथा आफुलाई पत्रकार नै वताउने भण्डारीले रिपोर्टिङका क्रममा व्यपस्थापक सुवेदीसंग जिज्ञासा राख्ने क्रममा सुवेदीलाई बोल्नै नदिइ पत्रकारमाथि आक्रामक बनेका थिए।

संस्थासंग सुचनाको हक अन्तर्गत कागजपत्र माग्दा भण्डारी आक्रमक हुदै ‘किन दिने कागजपत्र ? म पनि पत्रकार हो, कागजपत्र दिइदैन’ भन्दै झम्टिएका थिए । तर उनी कुन संचार गृहमा काम गर्ने पत्रकार हुन् सो भने खुलाउन चाहेनन् ।

सहकारीको नाममा गैरकानुनी रुपमा गतिविधि गरेर सेयर सदस्यहरुले दुःखले लगानी गरेका रकम र निक्षेप नै जोखिमा पारी जथाभावी लगानी गर्दासम्म स्थानीय निकाय सरोकारवालाहरुको ध्यान नजानु भने पकै दुःखदायी कुरा हो भने आगामी दिनमा निरन्तर फलोअप भने रहनेनै छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...