१२ औं राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात’ लेख्ने किरात समन्वय समितिको निर्णय

काठमाडौं – १२ औं राष्ट्रिय जनगणनामा किरात राई, लिम्बु, याक्खा, सुनुवार, सुरेल, हायु, जिरेल र थामी समुदायले धर्मको महलमा ‘किरात’ लेख्न किरात समन्वय समितिले निर्णय गरेका छन्।
नेपाल सरकार जनसंख्या तथ्यांक विभागका अभिलेख अनुसार जनसंख्याको हिसावले ‘किरात’ धर्म मान्ने समुयदाय नेपालको चौथो स्थानमा रहेका छन् ।
यस बर्षदेखि ‘किरात’ धर्मको महलमा सुरेल, हायु, जिरेल र थामी समुदायको सामाजिक संस्थाहरुले पनी धर्मको महलमा ‘किरात’ लेख्ने निर्णय गरेर प्रचार प्रसारमा जुटेको हो । 
किरात समन्वय समितिको आयोजनामा बैठकहरु बसेर प्रचार प्रसारलाई तिब्र बनाउने निर्णय भएको किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका महासचिव जनक राईले हिमालीसंचार डटकमलाई बताए । महासचिव राईका अनुसार जात÷जाति, पूर्खा÷मातृ, दोस्रो भाषाको महलमा आ–आफनो जातिगत लेख्ने, लेखाउने र धर्मको महलमा सबै जातिले ‘किरात’ धर्म लेख्न संयुक्त पोष्टर प्रकाशन गरेर प्रचार प्रसार भइरहेको जानकारी दिए । आ-आफ्नो संस्थाले र संयुक्त रुपमा पनि पर्चा प्रकाशन गरेर सचेतनाका लागि समुदायमा वितरण गर्ने काम भइरहेको जानकारी समेत दिए ।
संख्यात्मक हिसाबले नेपालमा ‘किरात’ धर्म चौथो मानीय पनि राष्ट्रिय वानिज्य बैंक लगायतको बैंक खाता खोल्दा, बैदेशिक रोजगारी लगायतका फर्महरुमा ‘किरात’ धर्म उल्लेख नभएपछि त्यहाँ उल्लेख भएकै धर्मको महलमा टिक लगाउनु पर्ने बाध्यता रहेको समेत यायोख्खा महासचिव राईले बताए।














