News Portal

  • १२ औं राष्ट्रिय जनगणनामा धर्मको महलमा ‘किरात’ लेख्ने किरात समन्वय समितिको निर्णय

    आठ संस्थाको धर्मको महलमा ‘किरात’ लेख्ने अभियान तिब्र

    हिमालीसंचार संवाददाता
    १९९ पटक

    काठमाडौं – १२ औं राष्ट्रिय जनगणनामा किरात राई, लिम्बु, याक्खा, सुनुवार,  सुरेल, हायु, जिरेल र थामी समुदायले धर्मको महलमा ‘किरात’ लेख्न किरात समन्वय समितिले निर्णय गरेका छन्।

    नेपाल सरकार जनसंख्या तथ्यांक विभागका अभिलेख अनुसार जनसंख्याको हिसावले ‘किरात’ धर्म मान्ने समुयदाय नेपालको चौथो स्थानमा रहेका छन् । 

    यस बर्षदेखि ‘किरात’ धर्मको महलमा सुरेल, हायु, जिरेल र थामी समुदायको सामाजिक संस्थाहरुले पनी धर्मको महलमा ‘किरात’ लेख्ने निर्णय गरेर प्रचार प्रसारमा जुटेको हो ।

    किरात समन्वय समितिको आयोजनामा बैठकहरु बसेर प्रचार प्रसारलाई तिब्र बनाउने निर्णय भएको किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका महासचिव जनक राईले हिमालीसंचार डटकमलाई बताए । महासचिव राईका अनुसार जात÷जाति, पूर्खा÷मातृ, दोस्रो भाषाको महलमा आ–आफनो जातिगत लेख्ने, लेखाउने र धर्मको महलमा सबै जातिले ‘किरात’ धर्म लेख्न संयुक्त पोष्टर प्रकाशन गरेर प्रचार प्रसार भइरहेको जानकारी दिए । आ-आफ्नो संस्थाले र संयुक्त रुपमा पनि पर्चा प्रकाशन गरेर सचेतनाका लागि समुदायमा वितरण गर्ने काम भइरहेको जानकारी समेत दिए । 

    संख्यात्मक हिसाबले नेपालमा ‘किरात’ धर्म चौथो मानीय पनि राष्ट्रिय वानिज्य बैंक लगायतको बैंक खाता खोल्दा, बैदेशिक रोजगारी लगायतका फर्महरुमा ‘किरात’ धर्म उल्लेख नभएपछि त्यहाँ उल्लेख भएकै धर्मको महलमा टिक लगाउनु पर्ने बाध्यता रहेको समेत यायोख्खा महासचिव राईले बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीको व्यङ्ग्य: ‘भिजिट भिसामा गएर फर्किएको व्यक्ति भिजिट भिसाबारे प्रश्न गर्दैछ’

    काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोचक टिप्पणी गर्दै एक व्यक्तिमाथि प्रतिशोधको...

    पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

    काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन...

    देशभरका कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, महिला भने क्षमता भित्रै

    – नेपालका कारागारहरूमा पुरुष बन्दीको संख्या क्षमता भन्दा ६७ प्रतिशतले बढी पुगेको छ भने महिलातर्फ...

    रवि लामिछानेलाई तत्काल काठमाडौं सार्नुपर्छ : अध्यक्ष लिङ्देनको सरकारलाई आग्रह

    बुटवल, साउन २८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि...

    आज २०८२ साल साउन २८ गतेको राशिफल

    आज साउन २८, २०८२ (अगस्त १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...