News Portal

पोखराको सहारा एकेडेमीलाई वार्षिक १५ लाख सहयोग गर्ने केसी परिवारको धोषणा

‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण

हिमालीसंचार संवाददाता
२९४ पटक

देविजंग गुरुङ/पोखरा – पोखराको सहारा एकेडेमीलाई पोखराको व्यवसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने धोषणा गरेका छन् ।

पोखरामा आज एक कार्यक्रमका बीच स्व.केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

एकेडेमीको जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ। क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीका लागि वार्षिक १५ लाख रुपैयाँ दिने सहमति पत्रमा उल्लेख गरिएको छ।

सम्झौता आदान प्रदान कार्यक्रममा बोल्दै केसीका छोरा तथा युवा उद्योगपती प्रकाश केसीले सहारासंग आफ्ना वुवाको संस्थागत निकटता र सवैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको सञ्चालनका लागि सम्झौता गरेको बताए।

हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो वुवाको नाम सहारा एकेडेमी सँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । अर्को छोरा रोशन केसीले आफ्नो वुवाको काम र विचारलाई स्थापित गरेसँगै जिवन्त बनाई राख्न सहारा एकेडेमीसँग जोडिएको बताए। भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त समेत ब्यक्त गरेका थिए।

सहयोग दाताको भरमा संचालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो धनराशीको सहयोग केसी परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहदै आएको क्लवका अध्यक्ष हरि गुरुङले वताए । सयोगले उनीहरुको शिक्षा दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्नेछ । 

हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । सहारा क्लबले आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले बताए।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटवल प्रतियोगिताको मुख्य प्रयोजन समेत गरेको छ। सहारा क्लवले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी संचालन गरेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...