News Portal

  • फ्लाई दुबईको जहाजमा चरो ठोकिदा, दुबई जाने यात्रुहरु रोकिए

    हिमालीसंचार संवाददाता
    १८१ पटक

    काठमाडौं – त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ फ्लाई दुबईको जहाजमा चरो ठोकिएको छ। चरा ठोक्किएपछि जहाजको बायाँतर्फको पङ्खामा क्षति पुगेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन्।

    बाँस्तोलाका अनुसार उडान नम्बर एफजेड-५७४ को विमानमा चरो ठोक्किएको हो। उक्त जहाज साँझ ७.१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका लागि गुडिरहेको थियो। 

    यो जहाज मंगलबारै साँझ दुबई फर्किने तयारीमा रहेको थियो। तर चरा ठोक्किएपछि प्राविधिक परीक्षणका लागि जहाज ग्राउन्डेड गरिएको छ। 

    चरा ठोकिएर जहाज ग्राउन्डेड भएपछि ​दुबई जान विमानस्थल पुगेका १ सय ७९ यात्रुलाई काठमाडौंकै होटलमा राखिएको छ। यसअघि मंगलबार बिहान सवा ६ बजेको समयमा नेपालगञ्ज विमानस्थलबाट १४ यात्रुसहित हुम्लाको सिमको जान धावनमार्गमा गुडिरहेका बेला सीता एयरको विमान बँदेलसँग ठोक्किएको थियो।

    जहाजसँग ठोक्किएका तीनै बँदेल मरेका थिए। जहाजको केही भागमा क्षति भएपछि नेपालगञ्जमै उक्त जहाज रोकिएर राखिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...

    रवि लामिछानेलाई न्यूनतम सुविधा प्राप्त, कारागार सार्ने प्रक्रिया जारी : गृहमन्त्री लेखक

    काठमाडौँ, साउन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीले पाउने...

    प्रधानमन्त्री ओलीको व्यङ्ग्य: ‘भिजिट भिसामा गएर फर्किएको व्यक्ति भिजिट भिसाबारे प्रश्न गर्दैछ’

    काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोचक टिप्पणी गर्दै एक व्यक्तिमाथि प्रतिशोधको...

    पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

    काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन...