News Portal

धादिङमा एसजेएस हट एण्ड स्पाईसी होटलको शाखा सन्चालमा

हिमालीसंचार संवाददाता
५९४ पटक

धादिङ – धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मिलनटोलमा एसजेएस हट एण्ड स्पाईसी होटलको शाखा सन्चालनमा आएको छ ।आईतबार संविधान सभा सदस्य तथा एकिकृत समाजवादी पार्टी धादिङका ईन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले हट एण्ड स्पाईसी धादिङ शाखाको उद्घाटन गर्नुभएको हो ।
वेस्टेन परिकारलाई नेपाली स्वादमा विभिन्न परिकारहरु बनाएर चर्चामा रहेको एसजेएस हट एण्ड स्पाईसी होटेलले धादिङको मिलनटोलमा पनि सन्चालनमा ल्याएको प्रमुख ज्ञान गुरुङले जानकारी दिनुभयो ।
१० बर्ष दुवईको विभिन्न पाँच तारे होटलमा काम गरेर फर्किएका ज्ञान गुरुङले नेपाल फर्केर पोखरामा हट एण्ड स्पाईसी होटल सन्चालनमा ल्याउनु भएको थियो ।
अहिले पोखरा सहित देशका ७ भन्दा बढी जिल्लामा उक्त होटलको शाखा सन्चालनमा रहेको हट एण्ड स्पाईसी धादिङ शाखाका सन्चालक एलिजर तामाङले बताउनुभयो।आजबाट सन्चालनमा आएको उक्त होटलमा फास्ट फुड,पिज्जा,वर्गर,स्याण्डह्विच,मट्का चिया,मट्का बिरयानी,सि फुड लगायत अन्य परिकारहरु सस्तो मुल्यमा पाईने केबी लामाले जानकारी दिनुभयो।
उक्त होटलले १० किलोमिटर क्षेत्र वरपर निशुल्क डेलिभरी गर्ने लक्ष्य रहेको गुरुङले बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...