
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकैमा रहेको नागेश्वर नाथ शिव मन्दिर परिसरमा स्थापना भएको सामुदायिक भवनको एक कार्यक्रमको आयोजना गर्दै उक्त भवनको उद्घाटन गरिएको छ ।
पूर्वधार विकास साझदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ का माननीय संसद डा. मिनेन्द्र रिजालको संसद कोषबाट २५ लाख ६१ हजार १ सय ६० रुपैयाँ र नगरपालिकाको अनुदान रकम ५ लाख १६ हजार १ सय ५१ रुपैयाँ बराबरको लागतमा एक तल्ले सामुदायिक भवन निर्माण सम्पन्न भएको हो ।
नव निर्मित भवनको क्षेत्र नम्बर २ का सभासद एवम् रक्षामन्त्री डाक्टर मेनेन्द्र रिजालले शिला लेख अनावरण गर्नुका साथै भवनमा रिवन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा नगरपालिका प्रमुख दिलिप बगडिया, नेपाली कंग्रेसका माेदराज घिमिरे, गाेपाल मान सिंह राज भण्डारी, स्थानीय नेता माेहन पाैडेल, ढव्वु तामाङ, वेदमणी घिमिरे, विकास सिवाकोटी, वडाअध्यक्ष घनश्याम पनेरू लगायतको समेत उपस्थिति रहेको थियो ।