News Portal

किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन कात्तिक २७ गतेबाट राजधानीमा हुने

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं – किरात राई जातिको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा आगामी कात्तिक २७ गतेबाट तीन दिनसम्म हुने सम्मेलनमा १८ मुलुकका प्रतिनिधि सहभागी हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ।

विश्वभर रहेका किरात राई जातिको इतिहास, मुन्दुम संस्कृति, परम्परा खोजी र संरक्षणका निम्ति प्राज्ञिक वहस गर्न सम्मेलनलाई निरन्तरता दिइएको हो। आज बुधबार आयोजित पत्रकार सम्मेलनमा समन्वय समिति तथा किरात राई यायोक्खाका अध्यक्ष दिवस राईका अनुसार ‘आसन्न राष्ट्रिय जनगणनामा राई जाति, राई जातिभित्रका २६ भाषाहरूको अवस्था, किरात श्रीजंगा लिपिको प्रयोग, किरात धर्म र माङखिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियान विषय केन्द्रित भएर वहस हुने जानकारी दिएका हुन्। 

किरात राई यायोक्खाका विदेश विभाग प्रमुख जीवन हाताचो राईका अनुसार सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधि चयन गर्ने क्रम जारी रहेको छ । ‘विश्वमा रहेका किरात राईहरूको साझा सरोकारको विषय बुझेका प्रतिनिधिहरू सहभागी हुनेछन्,’ समन्वय समितिका सचिवालय सदस्यसमेत रहेका राईका अनुसार ‘किरात राईहरूलाई अनन्तकालसम्म एकताको सूत्रमा बाँध्न समन्वय समिति गठन भएको हुँदा सम्मेलनले मुन्दुम, भाषा, संस्कृति, साहित्य, कलाप्रति साझा धारणा निर्माण गर्न सम्मेलनमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका थिए ।’

केन्द्रिय कार्यसमितिका महासचिव जनक राईका अनुसार सम्मेलनमा भारत, बेलायत, हङकङ, मकाउ, अमेरिका, कतार, यूएई, इजरायल, मलेसिया लगायत देशका प्रतिनिधि सहभागी रहनेछन् । यसैगरी यायोक्खाको २३ जिल्ला कार्यसमितिका प्रतिनिधि, २६ वटा भाषिक संस्थाका प्रतिनिधि, विषयविज्ञ, अभियन्ता गरी ३ सय ५० जनाभन्दा बढी सहभागिता रहने जानकारी समेत दिएका हुन्। 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...