News Portal

  • भगवान गौतमबुद्धको मुर्ति भैरहवा विमानस्थलमा प्रतिस्थापन

    हिमालीसंचार संवाददाता
    १५६ पटक

    बुटवल – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमुल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा, लुम्बिनी र मायादेवी बजार परिक्रमा गराइएको छ। भैरहवा भन्सार कार्यालय बेलहिया हुँदै नेपाल ल्याइएको बुद्धको मूर्तिलाई स्थानीय संघसंस्थाको सहयोगमा नगर परिक्रमा गराइएको हो

    बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’ बाट बनेको बुद्धको मुर्ती म्यान्नमार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार नेपाल ल्याइएको थियो । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन तथा लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा मूर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराइ एयरपोर्टमा राखिएको छ ।

    करिव दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ । सो बुद्धमूर्ति म्यानमारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।

    एक हजार ८०० किलो तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको बुद्धमूर्तिको अनावरणपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट आउने जाने पर्यटकले शान्तिको अनुभूति गर्न पाउने लुम्बिनी गोर्डन फाउन्डेसनका प्रतिनिधि तुलसीराम लामिछानेले जानकारी दिए ।

    विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको बताइएको छ । बुद्धमूर्ति १४ कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम छ । १३ कात्तिकमा लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।

    बुद्धमूर्ति नगर परिक्रमा गराउने क्रममा आयोजित कार्यक्रममा बाल्दै संविधानसभा सदस्य इश्तियाक अहमद खाँन, प्रदेशका पूर्वमन्त्री सन्तोषकुमार पाण्डेय, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय लगायतले बिमानस्थलमा राखिने बुद्ध मूर्तिले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि पर्यटकले शान्तिको अनुभूति गर्ने बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...