News Portal

  • उदयपुरको कटारी नगरपालिकामा एमालेको वडा अधिवेशन सम्पन्न

    हिमालीसंचार संवाददाता
    १४५ पटक

    बलराज मगर/उदयपुर – कटारी नगरपालिका नेपाल कम्युनिस्ट पार्टी एमालेको वडा अधिवेशन सम्पन्न गरेको छ। नेकपा एमाले जिल्ला सदस्य, उपसचिव तथा कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ३१ सदस्यीय नयाँ कार्य समिती चयन भएको छ।

    समितिले प्रेम बहादुर पुर्बछानेलाई अध्यक्षमा चयन गरेको छ ।जीवन श्रेष्ठ सचिव उषा राई उपाध्यक्ष रबिन राई सहसचिवमा चयन भएका छन । सदस्यहरुमा लक्ष्मि घिसिङ रोकाय, अरुन राई, एक बहादुर थापा, अम्बर थापा, बिष्णु प्रधान श्रेष्ठ, तिलमाया मिरिङ्चिङ, पबिन कुमार राई, दिपक खिलिङ्गे, तिलक अधिकारी, गुण बहादुर मश्राङ्गी, यम बहादुर पुलामी, चिनामाया राना, ललित पुर्वछाने, देवमाया पुलामी, सन्तोष अधिकारी, जीवन दाहाल, सनम राई, उमा बलम्पाकी मगर, वीर बहादुर राई, यादप श्रेष्ठ, खड्ग बिक राज कुमार राई, बुद्धिमाया राई, पुर्णमाया श्रेष्ठ, हर्कमाया ल्हायो, एक बहादुर मग्राती र  ज्ञान बहादुर बिक चयन भएका छ्न ।

    त्यस्तै, अखिल नेपाल महिला संघमा गौरीमाया मगर, सुनिता राई, बुद्धिमाया राई, ईन्द्रमाया पुलामी मगर, चिनामाया राना, बिरुमाया मगर, तुलसा आले, भक्तिमाया पुलामी, सितामाया मगर, महमाया पुलामी मगर, लक्ष्मी राई, सनमाया मगर, कुमारी मगर, खिल कुमारी श्रेष्ठ, निर्मला राई, रुपा राई, मेनु कुमारी मगर, शान्ता पोखरेल, सनम राई, पम्फा श्रेष्ठ, पुर्णमाया श्रेष्ठ, भुमिकुमारी मगर, तुलशा गोले चयन भएका छ्न ।

    त्यस्तै, सोही कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरि जय बहादुर जर्घा छप्पीमाया जर्घा, रुद्र बहादुर केप्छाकी, खड्ग बहादुर राई, हस्तमाया केप्छाकी, फुलमया बस्यल, भिम बहादुर केप्छाकी, शुक्र बहादुर राना, छलिमाया राना, रेणुका राई, अम्बिका मोते, टीका राई, निशा बस्यल, जीवन राई, मेघ बहादुर खुलाल, नर बहादुर जर्घा मगर, बिन्द्रामाया मग्रातिले नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन। 

    पार्टी प्रवेश गर्ने सबै नयाँ सदस्यहरुलाई स्वागत गर्दै, अधिवेशनबाट  मनोनित भएकाहरुको उज्वल भबिष्यको कामना गर्दै, बधाई तथा शुभकामना मन्तव्य दिदै पार्टी जिल्ला सदस्य उपसचिव तथा कटरी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले एमाले अहिलेसम्मकै सबै भन्दा ठूलो र गौरवसाली पार्टी रहेकोले सबैलाई ढुक्क रहन सुझाव दिदै पार्टी फुटको विषयमा आएका हावादारी अपबादको पछाडी नलाग्न आफ्ना कार्यकर्तालाई सजक रहन आग्रह गर्दै पार्टी फुटेको हैन थोरै चोईटीएको चाहिँ हो। 

    हिजो हामीलाई नै सुर्य चिह्न र एमालेको बारेमा सहि सन्देश दिने आफ्नै साथिहरुले नै झिनो आशा र ब्यक्तिगत स्वार्थका निम्ति आफ्नो खुट्टामा आफैले बन्चरो हानेको आरोप लगाए । नगर कमेटी सदस्य यादव प्रशाद पोखरेले संचालन गरेको कार्यक्रममा युवा विद्यार्थी नेता ठाकुर पुलामी प्रेम बहादुर पुर्वाछाने मगर लगायद अन्य बक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...