News Portal

राष्ट्रिय जनगणनामा किरात राई एकताको लागि जातिको महलमा ‘राई’ लेखौ- मुकारुङ (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौं – वरिष्ठ लेखक तथा साहित्यकार राजन मुकारुङले राज्यले गर्ने विभेदविरुद्ध बृहत एकता गरी शक्तिशाली प्रतिरोध गर्नुपर्ने भएकाले राष्ट्रिय जनगणना २०७८ मा १२ औ राष्ट्रिय जनगणनामा जातिको महलमा ‘राई’ लेखाउन किरात राई समुदायका व्यक्तिहरुलाई विनम्र अनुरोध गरेका छन्।

किरात राई समुदायका कतिपय मानिसहरुले जातिको महलमा किराती, बान्तावा, कुलुङ, थुलुङ, चाम्लिङ, पुमा, याम्फू आदि लेखाउनुपर्ने भन्दै समुदायमा अन्यौल सिर्जना गरिरहेका समयमा मुकारुङले यतिबेला उत्पीडनमा परेकाहरुको आन्दोलनलाई शक्तिशाली बनाउनका लागि टुटफुटको मानसिकता त्यागेर बृहत एकता जुटाउनुपर्ने बताएका हुन ।

आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर एकसाथ हुन लागेको राष्ट्रिय जनगणनाबारे किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले निर्माण गरेको भिडियो सन्देशमा मुकारुङले ‘राई’ एउटा गौरवशाली जातिको रुपमा स्थापित भइसकेको र ‘राई’ जातिको व्यक्ति हुनुमा आफूलाई गर्व लाग्ने पनि बताएका छन् 

किरात ‘राई’ एउटा कालखण्डमा आइपुग्दा यसलाई जातिको रुपमा गर्वका साथ स्वीकार गरियो, त्यो स्वीकार गर्ने हाम्रा पुर्खाहरु थिए। तिनै पुर्खाहरुको सन्तान हुँ म,’ बान्तावा राई रहेका मुकारुङले भने, ‘म पाछाको हिसाबले मुकारुङ भए पनि सिंगो समुदायको तर्फबाट तिनै पुर्खाहरुले वर्गका साथ स्वीकार गरेको जाति राई भनेर गर्वका साथ भन्छु। 

आउँदो जनगणनामा आम किरात राईहरुको समुदायमा म सबैलाई राईहरुको बृहत्तर एकता जुटाउनका लागि विशेष अनुरोध गर्दछु । बृहत्तर एकताविना कुनै पनि राजनीतिक अधिकारहरु प्राप्ति गर्न वा कुनै पनि आन्दोलनलाई शक्तिशाली बनाउन कठिन हुने भएकोले हामीले आमुल परिवर्तन गर्नका लागि इतिहासमा हामीले आफैलाई समिक्षा गर्नुपर्नेछ। तुलना गर्नुपर्नेछ । हामी हिजो कहाँकहाँ उत्पीडनमा पर्यौ ? कहाँकहाँ विभेदमा पारियो? त्यसलाई समिक्षा गर्दै ती विभेदहरुका विरुद्ध हामीले प्रतिरोध गर्नुपर्नेछ। शक्तिशाली प्रतिवाद गर्नुपर्नेछ,। त्यो शक्तिशाली प्रतिवाद गर्नका लागि पनि हामीलाई बृहत्तर एकता आवश्यक रहेको छ । 

त्यसकारण आम ‘राई’ समुदायमा म अहिले सानातिना कुराहरुमा चित्त दुखाएर वा आफूलाई मात्रै ज्ञानको स्रोत साधन सबै ठानेर आपुङ्गी विचारधारा अगाडि सारेर टुटफुट हुने मनसायले अघि बढ्यौ भने हाम्रो आन्दोलन कमजोर हुनेछ । 

त्यसैले, हाम्रो आन्दोलनलाई शक्तिशाली बनाउनका लागि पनि आम ‘राई’ समुदायमा यसपल्टको १२ राष्ट्रिय जनगणनामा सबैले जातिको महलमा ‘राई’ लेखिदिनका लागि हार्दिक अनुरोध गर्दछु,। नम्रतापूर्वक निवेदन गर्दछु ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...