News Portal

  • राष्ट्रिय जनगणनामा किरात राई एकताको लागि जातिको महलमा ‘राई’ लेखौ- मुकारुङ (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १७९ पटक

    काठमाडौं – वरिष्ठ लेखक तथा साहित्यकार राजन मुकारुङले राज्यले गर्ने विभेदविरुद्ध बृहत एकता गरी शक्तिशाली प्रतिरोध गर्नुपर्ने भएकाले राष्ट्रिय जनगणना २०७८ मा १२ औ राष्ट्रिय जनगणनामा जातिको महलमा ‘राई’ लेखाउन किरात राई समुदायका व्यक्तिहरुलाई विनम्र अनुरोध गरेका छन्।

    किरात राई समुदायका कतिपय मानिसहरुले जातिको महलमा किराती, बान्तावा, कुलुङ, थुलुङ, चाम्लिङ, पुमा, याम्फू आदि लेखाउनुपर्ने भन्दै समुदायमा अन्यौल सिर्जना गरिरहेका समयमा मुकारुङले यतिबेला उत्पीडनमा परेकाहरुको आन्दोलनलाई शक्तिशाली बनाउनका लागि टुटफुटको मानसिकता त्यागेर बृहत एकता जुटाउनुपर्ने बताएका हुन ।

    आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म देशभर एकसाथ हुन लागेको राष्ट्रिय जनगणनाबारे किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले निर्माण गरेको भिडियो सन्देशमा मुकारुङले ‘राई’ एउटा गौरवशाली जातिको रुपमा स्थापित भइसकेको र ‘राई’ जातिको व्यक्ति हुनुमा आफूलाई गर्व लाग्ने पनि बताएका छन् 

    किरात ‘राई’ एउटा कालखण्डमा आइपुग्दा यसलाई जातिको रुपमा गर्वका साथ स्वीकार गरियो, त्यो स्वीकार गर्ने हाम्रा पुर्खाहरु थिए। तिनै पुर्खाहरुको सन्तान हुँ म,’ बान्तावा राई रहेका मुकारुङले भने, ‘म पाछाको हिसाबले मुकारुङ भए पनि सिंगो समुदायको तर्फबाट तिनै पुर्खाहरुले वर्गका साथ स्वीकार गरेको जाति राई भनेर गर्वका साथ भन्छु। 

    आउँदो जनगणनामा आम किरात राईहरुको समुदायमा म सबैलाई राईहरुको बृहत्तर एकता जुटाउनका लागि विशेष अनुरोध गर्दछु । बृहत्तर एकताविना कुनै पनि राजनीतिक अधिकारहरु प्राप्ति गर्न वा कुनै पनि आन्दोलनलाई शक्तिशाली बनाउन कठिन हुने भएकोले हामीले आमुल परिवर्तन गर्नका लागि इतिहासमा हामीले आफैलाई समिक्षा गर्नुपर्नेछ। तुलना गर्नुपर्नेछ । हामी हिजो कहाँकहाँ उत्पीडनमा पर्यौ ? कहाँकहाँ विभेदमा पारियो? त्यसलाई समिक्षा गर्दै ती विभेदहरुका विरुद्ध हामीले प्रतिरोध गर्नुपर्नेछ। शक्तिशाली प्रतिवाद गर्नुपर्नेछ,। त्यो शक्तिशाली प्रतिवाद गर्नका लागि पनि हामीलाई बृहत्तर एकता आवश्यक रहेको छ । 

    त्यसकारण आम ‘राई’ समुदायमा म अहिले सानातिना कुराहरुमा चित्त दुखाएर वा आफूलाई मात्रै ज्ञानको स्रोत साधन सबै ठानेर आपुङ्गी विचारधारा अगाडि सारेर टुटफुट हुने मनसायले अघि बढ्यौ भने हाम्रो आन्दोलन कमजोर हुनेछ । 

    त्यसैले, हाम्रो आन्दोलनलाई शक्तिशाली बनाउनका लागि पनि आम ‘राई’ समुदायमा यसपल्टको १२ राष्ट्रिय जनगणनामा सबैले जातिको महलमा ‘राई’ लेखिदिनका लागि हार्दिक अनुरोध गर्दछु,। नम्रतापूर्वक निवेदन गर्दछु ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...