News Portal

विमानस्थल पुगेर मन्त्री आलेले भोजपुरका लागि छुटेका यात्रुसँग मागे माफी

हिमालीसंचार संवाददाता
२३९ पटक

काठमाडौं – पर्यटनमन्त्री प्रेमबहादुर आले सोमबार बिहान यात्रुहरुको चर्को गुनासोपछि नेपाल एयरलाइन्सको अनुगमनका लागि विमानस्थल पुगेका मन्त्री प्रेमबहादु आलेले छुटेका यात्रुसंग माफी मागेका छन्। 

नेपाल वायु सेवा निगमको एयरलाइन्सले आइतबार बिहान दसैंको टिका थाप्न भोजपुर जान लागेका ७ जना यात्रु छोडेर उडान भरेको थियो। सो घटनाको अनुगमनका लागि मन्त्री आले सोमबार बिहानै अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। 

विमानस्थल पुगेर मन्त्री आलेले छुटेका यात्रुलाई भेटेर माफी मागेका हुन्। घटनाको छानबिन गर्न निगमका महानिर्देशकलाई निर्देशनसमेत दिए। निगमले भोजपुर जाने यात्रुलाई बिहान ८:३० बजेको टिकट दिएको थियो। तर, निगमको ट्वीनेटर ६:४५ बजे नै काठमाडौंबाट उडेका थिए। मन्त्रीको निर्देशनपछि दोषी उपर छानबिन गर्न समिति बनाएर कारबाही अघि बढाइने निगमका महानिर्देशक डिमप्रसाद पौडेलले बताए।

‘मन्त्रालयको निर्देशनपछि सम्बन्धितहरूलाई लिखित स्पष्टीकरण माग गरिएको छ। बुधबारसम्म त्यसको जवाफ आउँछ। हामी छानबिन कमिटी बढाएर अघि बढ्छौं,’ उनले भने। निगमअन्तर्गतको अपरेसन र  कमर्सियल डिपार्टमेन्टबीच सूचना आदानप्रदान नहुँदा यात्रु छुटेको पौडेलले बताए। 

आइतबार छुटेका यात्रुलाई मन्त्रीकै निर्देशनमा सोमबार गन्तव्यमा पुर्‍याइएको छ। मन्त्री आलेले नेपाल वायु सेवा निगमलाई हवाइ टिकटका लागि ई-टिकेट अनलाइनको व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई-टिकेट सुचारु हुने समेत यात्रुसंग विश्वास दिलाए।

आइतबार बिहान उड्ने ट्वीनेटरले १५ जना यात्रु भोजपुर लैजानुपर्नेमा समय तालिका फरक परेका कारण ८ जना लिएर मात्र उडेको थियो। यसैगरी, मन्त्री आलेले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन्। अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यात्रुहरूलाई चिया, कफीमा समेत महंगो लिने गरेका, कर्मचारीहरूले पनि आफ्नो जिम्मेवारी पूर्ण रूपमा पालना नगरेको पाइएकाले ती कमिकमजोरीको अन्त्य गर्ने दाबी गरे। 

अनुगमनकै क्रममा मन्त्री आलेले आफू पदमा रहुन्जेल नेपाल वायुसेवा निगमलाई माथी उठाउनमै लाग्ने बताए। आगामी दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले कुनै समस्या नपाउन् भन्नका लागि मन्त्री आलेले कर्मचारीलाई निर्देशनसमेत दिएका छन्। 

अन्तर्राष्ट्रिय विमानस्थलमा साघुँरो तथा असहज भएकाले यहाँका जहाजहरू धनगढी, नेपालगन्ज, पोखरा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...