News Portal

  • मोरङमा ३ लाख रुपैयाँको १५ लाख ब्याज मागेपछि एक परिवारको बिचल्ली हुने अवस्था

    हिमालीसंचार संवाददाता
    २१४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको एउटा घटना ३ लाख रुपैयाँको ८ बर्षमा १५ लाख ब्यज मागे पछि मोरङको रंगेलीमा एक परिवारको १५ घुर जग्गा समेत गुम्ने अवस्थामा पुगेको छ ।  

    मोरङ जिल्लाको रंगली नगरपालीका-६, स्थित थानाटो नजिकै बसोबास गर्दै आएका भिरीदेवी पासवानको १५ घुर जग्गा सानो झुपडीमा बस्दै आई ररेता पनि सो जग्गाबाट समेत बारम्बार हटन दवाव दिदै आएपछि उनको परिवार बिचल्ली हुने अवस्थामा पुगेका छन । 

    विस २०७० सालमा उनका श्रीमान सदानन्द पासवानले सुनवर्सी नगरपालिका घर भएका हाल  धनापलथान गाउँपालिका कर्सिया बजारमा व्यवसाय गर्दे आएका मन्तोष कुमार साहलाई १५ घुर जग्गा घितो पास गरेर छोराको विवाहका लागि   तीन लाख रुपैयाँ ऋण लिएका थिए । 

    श्रीमान रहदा ३ लाख रुपैयाँ रकम समेत तिरेको भएता पनि जग्गा भने फिर्ता नगरेको उनको श्रीमती भिरी देवीले हिमालीसंचार डटकमसंग बताईन।  

    श्रीमानको मृत्युपछि अहिले सानो झुपडीमा उनको छोरा श्रीलाल पासवान, बुहारी मुनिसा र २ नाति, १ नातिनी उक्त घरमा बसोबास गर्दे आईरहेका छन । उनको परिवारमा एक जनाको कमाईले ६ जनाको परिवार पालनपोषण गर्ने समेत हम्मेहम्मे परेको भिरीदेवीले बताईन ।  

    अहिले आफू बसोबास गर्दे आईरहेको जग्गा मन्तोष साहले  ६ लाख रुपैयाँमा पुनः अर्को व्यक्तिलाई सो जग्गा पास गरेको बुझिएको छ । सोही व्यक्तिले आफुलाई घर हटाउन दवास समेत दिदै आईरहेको उनले बताईन। 

    गरिव परिवारका लागि नगरपालिकाले दुई कोठाको पक्कि घर समेत बनाई दिने भनिएता पनि आफ्नो जग्गा समेत अर्कोको नाम रहेको हुनाले घर समेत बनाउन नसकेको र अहिले घरको छानो समेत प्वाल परेर बर्षायामा बस्न समेत अप्ठ्यारो परेको उनले बताईन । 

    अहिले मन्तोष साहले ८ बर्षको व्याज सहित १५ लाख रुपैयाँ दिनुपर्ने नत्र घर हटाउन दवाव समेत दिदै आएको र मन्तोषले आफुलाई पढन लेख्न समेत नआउने भएकोले उनीहरुले विभिन्न कागजमा सहिछाप समेत लगाउन लगाएको पिडित  भिरी देवीले बताईन ।  

    मन्तोष साहलाई हिमालीसंचार डटकमले टेलिफोन सम्पर्क गर्दा उनले भने आफुलाई सो बिषयमा  कुनै कुरा थाहा नभएको भन्दै पंछिन खोजेका छन्। पिडितको बिषयमा बारम्बार नगरपालिकामा रहेको न्यापालीकामा छलफलका लागि मन्तोषलाई  वारम्बार बोलाउदा समेत नआउने र कुनै कुरा गर्दा झर्किने गरेको पिडितका आफन्त निरज पासवानले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...