News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहकाे दसैं शुभकामना सन्देश

हिमालीसंचार संवाददाता
३८२ पटक

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक व्यवस्था, आफू, आफ्नो समुह र त्यसभित्रको गुटमा अल्झिएको बताएका छन्। मंगलबार दसैंको अवसरमा जारी शुभकामना सन्देशमा शाहले राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको जनाएका हुन्।

पूर्वराजाले भने, ‘लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पुर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो। तर राजनीतिक व्यवस्था आफू, आफ्नो समुह र त्यसभित्रको गुटमा अल्झिएको छ। कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी महँगी र अनेक अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’

उनले भने, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध हामीले गरेका छौं।’

प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास आफूले दिएको उनले सन्देशमा उल्लेख गरेका छन्। नवदुर्गा भवानीले देशमा राष्ट्रिय कर्तव्य निर्वाह गर्नसक्ने सामर्थ प्रदान गरुन् भन्ने कामना पूर्व राजा शाहको छ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...