News Portal

विराटनगर स्थित कोशी कोभिड–१९ उपचार केन्द्रमा हेल्प–डेस्क सेवा पुनः सुचारु

हिमालीसंचार संवाददाता
२८७ पटक

रविन्द्र बराल/मोरङ – लुथरन विश्व फेडेरेसन र लुथरन सामुदायिक कल्याण सहयोग र कोशी कोभिड–१९ उपचार केन्द्रको समन्वयमा हेल्प–डेस्क सेवा असोज २१ गतेबाट सञ्चालन गरिएको छ । 

कोभिड–१९ का कारण प्रभावित तथा संक्रमित विरामीहरुलाई र विरामीहरुको अभिभावकहरुलाई कोशी कोभिड–१९ उपचार केन्द्रको सेवा बारेमा प्रभावकारी रुपमा जानकारी दिनका लागि यस हेल्प डेस्कलाई संचालनमा ल्याइएको हो । 

हाल हेल्प–डेस्कका लागि २ जना स्वयम्सेवकहरुको परिचालन गरिएको बारेमा कार्यक्रम अनुगमन तथा मूल्याङ्कन व्यवस्थापक सुमन राईले बताउनुभयो र हेल्प–डेस्कसँगै टोल फ्रिः नम्बरको पनि व्यवस्था गरिएको बारेमा बताउनुभयो । 

उक्त हेल्प–डेस्कको टोल फ्रिः नम्बर ९८०१५७१०३६ रहेको छ, जसमा कल गरेर कोभिड–१९ उपचार सेवाबारे निःशुल्क रुपमा परामर्श लिन पाइनेछ । यस अघि कारितास नेपालको सहयोगमा हेल्प–डेस्क सञ्चालन गरिएको थियो, तर सेप्टेम्बरदेखि कारितास नेपालसँगको सम्झौता सकिएको कारणले हेल्प डेस्क संचालन रोकिएको थियो । जसलाई लुथरनले पुनः सँचालनका लागि प्राविधिक सहयोग उपलब्ध गरेको हो ।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...