News Portal

गोरखा दरबारबाट पठाएको फूलपाती, हनुमानढोका दसैंघरमा

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौं – काठमाडौंस्थित हनुमानढोका फूलपाती भित्राउनका लागि गोरखादरबारको दसैंघरबाट पठाइएको छ । गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राउने प्रचलन अनुरुप दसैं भित्राउने परमपरा रहेको छ।
काठमाडौं हनमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेर बा २ झ २१२९ नम्बरको गाडीमार्फत हनुमाढोकामा भित्राउन फूलपाती पठाइएको काठमाडौं पठाईएको हो।

वर्षौदेखिको परम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौं पठाइएको गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराइले बताए। ‘हिजो बेल निमन्त्रण गर्‍यौँ, आज बिहान सुसारेहरुले बिहानै पस्लाङको जंगलबाट फूलपाती संकलन गरियो । परम्परा अनुसार हनुमानढोकाका लागि फूलपाती पठायौं।’ धिमेबाजा, फूलपातीको डोलीसहितको टोली हर्षोल्लासका साथ फूलपाती काठमाडौं पठाइएको बताए ।

सडकसञ्जाल नखुल्दासम्म गोरखाबाट धादिङको केबुलपुर–जीवनपुरको पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन रहेको बताउदै पहिले एकीकरण पदमार्गबाट काठमाडौं पुर्‍याइने फूलपाती सडकसञ्जाल विस्तार भएसँगै गाडीमार्फत पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरी भुषालले जानकारी दिए ।

भुषालका अनुसार; पृथ्वीनारायण शाहले नुवाकोट हुँदै राजधानी हनुमानढोका सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको हो । ‘दुई सय ६६ वर्ष अघिदेखि यो प्रचलन सुरु भएको हो।

तत्कालीन समयमा पृथ्वीनारायण शाहले राजधानी काठमाडौं सारेपनि गोरखा राज्यसँग भावनातमक सम्बन्ध स्थापित गर्नका लागि फूलपाती लाने प्रचलन सुरु भएको भुषाल बताउँछन्। ‘पृथ्वीनारायण शाहले भावी पुस्तालाईसमेत गोरखा सँगको सम्बन्ध नटुटोस भनेर सुरु गरिएको परम्पराले आजसम्म निरन्तरता पाएको छ,’ उनले भने।

दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज हिन्दु धर्मालम्वीहरुले घर–घरमा फूलपाती भित्राउँछन्। केरा, हलेदो, दारीम, अशोक, जयन्ती, माने, बेल, उखु, धानको वाला वा अन्य नयाँ पालुवासमेत फूलपातीको रुपमा शुभ साइतको प्रतीक मानि दसैंघर वा पूजाकोठामा भित्राउने प्रचलन छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...