आज : २०२६-०९-२२, मङ्गलबार

कास्कीमा जीप दुर्घटना, चालक सहित ८ जना यात्रुको मृत्यु, भीरबाट एक जनाको उद्धार

अलिदेवी जंग गुरुङ/कास्की – कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-१० स्थित पर्यटकीय गाउँ घान्द्रुक सडक खण्डमा जीप दुर्घटना हुँदा जीप चालक सहित ८ जना यात्रुको घटना स्थलमा मृत्यु भएको छ। 

घान्द्रुक सडक खण्डमा जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो। यात्रुहरु पर्यटकीन नगर घान्द्रुक क्षेत्र घुम्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पोखरा हुदै छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको थियो ।

जीपका चालक सहित ९ जना यात्रु सवार थिए । ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ ।

घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप मोदी खोलामा पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । उक्त कच्चि सडक खण्डमा पर्ने कलाभीरमा निकै अप्ठेरो बाटो छ । 

मृतकको सनाखत भई सकेको छ । ४२ बर्षीय जीप चालक खुशीमान क्षेत्री, जीपमा सवार १८ बर्षीया जीनलव धिसिङ, २४ बर्षीय सुजा चौधरी, २० बर्षीय लिजा चौधरी, २० बर्षीय सुमन चौधरी, २२ बर्षीय अछुतम काफ्ले, १८ बर्षीय आसिश आले रहेका छन्।जीप दुर्धटनामा मृतकहरुको शव पोष्टम्याटमको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाएको छ। 

जीप दुर्धटनामा भाग्यले भरीमा अट्किएर बाचेका १७ बर्षीय विनय क्षेत्रीको स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको छ। उनको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको छ।