News Portal

धरानबाट हेलिमार्फत् पाथीभरा दर्शन

हिमालीसंचार संवाददाता
१९० पटक

नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभराको दर्शन गर्न धरानबाट हेलिकप्टरमार्फत यात्रा गर्न सकिने भएको छ। धरान होलिडेज प्रालिले घटस्थापनाको दिन बिहीबारदेखि हेल्किप्टरमार्फत् पाथीभारा देवीको दर्शन गर्ने प्याकेज शुरु गर्न लागेको हो।

नेपालको पर्यटकीय सिजन शुरु भएसँगै धरान होलिडेजले पाथीभारा दर्शन हेलिमार्फत् गर्ने प्याकेज ल्याएको छ। प्रालिका प्रबन्ध निर्देशक अमृत मानन्धरका अनुसार प्रतिव्यक्ति ३२ हजार रुपैया तिरेर हेलिकप्टरमार्फत पाथीभरा दर्शन गर्न सकिनेछ। धरान होलिडेजले पाथीभारा दर्शनको लागि हेलिकप्टरको प्याकेज ल्याएको यो तेस्रो पटक हो। ‘पाथीभारा दर्शन गर्न चाहेका तर गाडी र पैदलमार्फत् सम्भव नभएका दर्शनार्थीहरुलाई लक्षित गरेर हामीले यो हेलि प्याकेज ल्याएका हौं,’ मानन्धरले भने।

हेलि प्याकेजको लागि सिम्रिक एयरको हेलिकप्टर बुधबार धरान आइसकेको छ। एक पटकमा ५ जना धार्मिक पर्यटकलाई पाथीभरा उडाइने प्रालिका अध्यक्ष कुन्दर श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडा दशैंको अष्टमीको दिनसम्म हेलिमार्फत् पाथीभरा दर्शनको व्यवस्था हुनेछ। तर, धार्मिक पर्यटकहरु थपिएमा दशैंपछि पनि सञ्चालन हुनेछ।

पाथीभरा दर्शनबाहेक धरान फन टुर पनि गर्न सकिने प्रालिले जनाएको छ। फन टुर गर्न एक व्यक्तिले ५ हजार शुल्क तिर्नुपर्नेछ। ‘पूर्वको कुनै पनि तीर्थस्थलमा ५ जना मिलेर आउनु भयो भने वा एकै जनाले रिर्जभ गर्छुभन्दा पनि उपलब्ध गराउछौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिरामी भएर कसैलाई काठमाडाँै लैजानुपर्ने भयो भने मेडिकल रेस्क्युको रुपमा पनि उपलब्ध हुनेछ।’

धरान होलिडेज धरानका ४ जना पर्यटन व्यवसायीहरु मिलेर सञ्चालन गरेका हुन्। प्रालिले धरानको पर्यटनलाई टेवा पुर्याउनको लागि सञ्चालनमा ल्याएको उनीहरुको भनाइ छ। प्रालिमा अध्यक्ष श्रेष्ठ, प्रबन्ध निर्देशक मानन्धरसँगै फाइनान्स डाइरेक्टरमा अजय खनाल र त्रिरत्न अधिकारी जनरल मेनेजर छन्।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...