News Portal

किरात राई यायोक्खाले १२ औ राष्ट्रिय जनगणना सम्बन्धि सचेतना मूलक प्रशिक्षण सम्पन्न

हिमालीसंचार संवाददाता
३०८ पटक

काठमाडौं – नेपालमा राष्ट्रिय जनगणना विस २०७८ सालको १२ औ राष्ट्रिय जनगणना हुन लागेको समयमा गत शनिबार किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजनामा ओखलढुंगा जिल्लामा जनगणनासम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल सरकारले आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुलुकभर सञ्चालन गर्न लागेको  १२ औ राष्ट्रिय जनगणनामा जात/जाति महलमा ‘राई’, पुर्खाको भाषाको महलमा आफ्नो थरगत मातृभाषा, दोस्रो भाषाको महलमा नजिकको राई जातिको कुनै एक थरगत भाषा र धर्मको महलमा “किरात” धर्म लेख्न लेखाउने प्रश्नावलीमा उत्तरबारे सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो ।

जसमा यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईसहितका अगुवाहरुले प्रशिक्षणसहितको आफ्नो धारण राखेका थिए ।

यायोक्खाले जनगणनामा जातिमा राई, मातृभाषामा आ-आफ्नो मातृभाषा, पुर्खाको भाषामा आ-आफ्नो मातृभाषा, दोस्रो भाषामा नजिक बसोबास रहेका राईभित्रको कुनै एक भाषा र धर्ममा किरात लेखाउनका लागि राईहरुको बसोबास रहेको क्षेत्रहरुमा अभियान सञ्चालन गरिरहेको छ ।

जनगणनामा राई जाति एक ढिक्का भएर अघि बढ्ने र राज्यसँग राजनीतिक, भाषिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बलियो हुने उदेश्यसहित अभियान चलाइएको हो ।

गत शनिबार नै ललितपुरको नखिपोट, ताल्छिखेल, विशालचोक, तिखेदेवल र खुमलटार क्षेत्रका राईहरुबीच पनि जनगणनाबारे अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न  गरिएको छ ।

यायोक्खाका उपाध्यक्ष टिकासरी साम्पाङ राई, महासचिव जनक राई, यायोक्खा प्रदेश समन्वय समिति बागमती अध्यक्ष सुमन राईसहितका अगुवाहरुको सहभागिता रहेको थिए ।

उक्त अवसरमा नारायण राईको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगरपालिका वडा नं १४ कार्यसमिति गठन गरिएको छ भने जनगणना अभियानका लागि उपसमिति समेत गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...