News Portal

मोरङको कर्सियमा गोली चल्दा एक सुरक्षागार्ड घाइते बैक लुटेराको तिघ्रामा गोली लाग्यो

हिमालीसंचार संवाददाता
३८३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका- ४ स्थित कर्सिया बजारमा रहेको  सिटिजन बैंकको शाखामा लुटपाटको प्रयास  भएको छ ।

सोमबार दिउँसो गोली लागेर घाइते भएका सुरक्षा गार्ड शितल कुमालले लुटेराहरुको पेस्तोल खोस्दा आफुमाथि गोली प्रहार भएको उनले बताएका छन् । सुरक्षा गार्ड किमालको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार समेत भईरहेको प्रहरीले जनाएको छ ।

पेस्तोल निकालेका कारण बैंकमा होहल्ला भएको र एक जना लुटेराको पेस्तोल खोसेपछि अर्का एक लुटेराले आफुमाथि गोली प्रहार गरेको बताए ।सुरक्षा गार्ड कुमाललाई लुटेराले प्रहार गरेको गोली  सुरक्षा गार्ड कुमालको कुममा लागेर आफु बेहोस भएको थिए। उनको होस खुल्दा अस्पतालको बेडमा रहेको उनले हिमालीसंचार डटकमसंग बताए । 

सुरक्षा गार्ड कुमालका अनुसार ८ जनाको समुहमा आएका लुटेरा समुह मध्येका दुई जनाले बैंक भित्र प्रवेश गरेर पेस्तोल निकालेका थिए। लुटेराको गोली लागरे घाइते भएका कुमाल अहिले खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।  

उच्च स्रोतका अनुसार बैंकमा २ वटा मोटरसाईकल  ५ जना मानिसहरुले  लुटपाट गर्ने क्रममा  रंगेली नगरपालिका २ बस्ने ४० बर्षीय सितल कुमाललाई  गोली प्रहार गरेको र  लुटपाट गरी भारत तर्फ भाग्ने क्रममा खयरवना प्रहरीले लुटेराहरुलाई नियन्त्रणमा लिएको थियो । 

उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल समेत प्रहरीले बरामद गरेको छ ।  प्रहरीले  विराटनगर महानगर   ८ बस्ने वर्ष ३२ युवक र भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० अर्को भारत सेखपुरा ५ बस्ने वर्ष २८ का युवालाई प्रहरीले पक्राउ गरेको छ । 

लुटेराहरुले दुईराउण्ड गोली चलाएको र एक जनाको तिघ्रामा समेत गोली लागेको प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...