News Portal

न्याय अधिकृत मञ्जु पोखरेलसँग मनोज गजुरेलको दोस्रो विवाह

हिमालीसंचार संवाददाता
३६२ पटक

काठमाडौं – कमेडियन मनोज गजुरेल वैवाहिक बन्धनमा बाँधिएका छन्। पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका गजुरेलले सोमबार औपचारिकरुपमा वैवाहिक बन्धनमा बाँधिएको जानकारी सामाजिक संजाल फेसबुक मार्फत गराएका छन्।

मनोज गजुरेलले न्याय सेवामा कार्यरत अधिकृत मञ्जु पोखरेलसँग लगन गाँसेका हुन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी! जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ।’

गजुरेलले थपेका छन्, ‘यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’ सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । 

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...