कुवेत – कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका सरद परियारको ३ अक्टोवर २०२१ आइतबार बिहान ४ बजे कार्यस्थलमै निधन भएको छ। कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए।
त्यस लगत्तै उनको निधन भएको सहकर्मी साथीले बताए। तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भई रोजगारीको सिलसिलामा कुवेत आएका परियारको कार्यस्थलमै निधन भएको हो।
मृतक परियारको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ। उनी रक्तचापबाट ग्रसित थिए। मृतकको घरमा दुइ छोरी, एक छोरा र श्रीमती छन्।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार ‘मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार बेलुका कतार एयरलाइन्सबाट नेपाल पठाइन लागिएको छ। मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।