News Portal

  • मगर संघ मकाउको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा शम्सेर थापा मगर निर्विरोध चयन

    हिमालीसंचार संवाददाता
    ९३६ पटक

    मकाउ – मकाउमा गठित मगर संघ मकाउको दोश्रो अधिवेशन हिजो आश्विन १० गते अर्थात २६ सेप्टेम्बर २०२१ ताईपा स्थित हिमालयन हाउस मकाउमा अध्यक्ष शम्सेर थापा मगरको नेतृत्वमा १९ सदस्यीय नया कार्य समिति गठन गरेको छ।

    संघको अध्यक्ष शम्सेर थापा मगरको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास हङकङ-मकाउका लागि राजदूत उदय बहादुर राना मगर, मगर संघ हङकङका अध्यक्ष युगमाया राना मगर विशेष अतिथि आमन्त्रित गरिएको थियो। कोरोना महामारीका कारण उपस्थि नभए पनी वहाँहरुले पठाउनु भएको भिडियो सन्देश कार्यक्रममा प्रदर्शन गरि कार्यक्रमा उपस्थित महानुभाव समक्ष शुभकामना ब्यक्त गरिएको सन्देश देखाईएको थियो। 

    मगर संघ मकाउका अध्यक्ष तथा आयोजित कार्यक्रमका सभापति शम्सेर थापा मगर, नेपाल जनजाति माहासंघ मकाउका अध्यक्ष भीम कुमार राई “किरात”, किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई र मकाउ तामाङ घेदुङ एशोसियशनका उपाध्यक्ष कलबहादुर तामाङले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरेका गरेका थिए। 

    नेपालका राष्ट्रिय गान बजाउदै शुरु गरिएको कार्यक्रममा नेपालको पहिलो सहिद लखन थापा मगर, संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर र गोरे बहादुर खपाङगी जस्ता वीर योद्धा सहिदहरुको सम्झनामा १ मिटेन मौन धारण गरी सम्मान ब्याक्त गर्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नविन रोका मगरले पठाउनु भएको भिडियो सन्देश समेत प्रदर्शन गरि उपस्थित मकाउका मगर समुदाय समक्ष प्रविधिको प्रयोग गरी देखाईएको थियो।  

    नया कार्यसमिति अध्यक्ष शम्सेर थापा मगर, उपाध्यक्ष हिरा थापा मगर, उपाध्यक्ष सूर्य कुमार थापा मगर, उपाध्यक्ष राम राना मगर, महासचिव भुवन पुन मगर, सचिव द्रोण थापा मगर, कोषाध्यक्ष प्रेम बहादुर थापा मगर, सहकोषाध्यक्ष नेक सिंजाली मगर, सदस्यहरुमा त्रिपक श्रीष मगर, मान बहादुर थापा मगर, ईशु पुन मगर, निर्मला थापा मगर, भरत थापा मगर, दिपक श्रीष मगर, चन्द्र पुलामी मगर, पुजा थापा मगर, सुमन पुन मगर, चित्र थापा मगर र अनील कुमार थापा मगर गरी १९ सदस्य नया कार्यसमिति चयन गरिएको हो।

    नव निर्वाचित कार्यसमितिलाई सल्लाहकार तथा निर्वाचन आयुक्त सदस्य दुर्गा थापा मगर, भिम बहादुर खाम्चा मगरले खादा ओढाई बधाई दिनुका साथै सपथ ग्रहण गराएका थिए। 

    आयोजित कार्यक्रममा कलाकार समुहले मगर समुदायको मौलिक नृत्य प्रस्तु गरी कार्यक्रम थप रोचक बनाएका कार्यक्रम संघका नवनिर्वाचित महासचिव भुवन पुन मगर र सदस्य गीता मगर शेर्पाले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए। 

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली अस्पताल अगाडी जेब्राक्रसिङ बन्यो

    जेष्ठ-२, बुधबार/मोरङ – मोरङको रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत रङ्गेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ। ...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

    जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश...

    लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली प्रहार

    जेष्ठ-१,मंगलबार/मोरङ – मोरङ रतुवामाई  नगरपालिका-६ स्थित कादुपाडामा प्रहरीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने खोज्दा...

    पब्लिक माध्यमिक विद्यालयमा २१ कोठे सुविधा सम्पन्न भवनको उद्घाटन

    जेष्ठ-१, मंगलबार/मोरङ – मोरङको रंगेली नगरपालिका-६ स्थित रहेको श्री पब्लिक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन...

    प्रजातन्त्र र गणतन्त्रका ३५ बर्ष

    प्रजातन्त्रमाथि जनताको अगाध आस्था र विश्वास थियो। विपी, कोइराला, गणेशमान, कृष्णप्रसाद, सुवर्णशमशेर जस्ता नेताहरुले आफ्नो...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal