News Portal

रौतहटमा एक किशोरीमाथि सामूहिक बलात्कार !

हिमालीसंचार संवाददाता
४१५ पटक

मदन ठाकुर, रौतहट।
रौतहटमा एक दलित किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। स्थानीय माधवनारायण नगरपालिका वडा नम्बर ५ दलित समुदायको १५ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेको घटना बाहिर आएको हो।

घरबाट दाउरा टिप्न गाउँ नजिकैको आँपको बगैचामा गएको बेला माधवनारायण नपा ५ मिठुअवा टोलका तीन युवाहरुले मंगलबार अपरान्ह दलित किशोरीको मुख थुनेर पालैपालो बलात्कार गरेका थिए। किशोरीमाथि युवाहरुले जवरजस्ती करणी गरेर फरार भएपछि बलात्कार पछिको पीडा सहन गर्न नसक्दै रुँदै छट्पटिरहेको अवस्थामा उनका छिमेकीहरुले तत्कालै पिडितलाई उद्धार गरी उनको घरसम्म पुर्याएका थिए।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले पीडितको स्थानीय स्तरमा उपचार भइरहेको र किशोरीमाथि घटेको घटनाको अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न रहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। युवतीको बयानका आधारमा मंगलबार राति १२ बजेको समयमा १८ वर्षिय किसुनी सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

डिएसपी भण्डारीले पीडित किशोरीको बुधबार स्वास्थ्य परीक्षण गराइसकेको र नियन्त्रणमा लिएका सहनीलाई जिल्ला अदालत गौरमा ५ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको बताउँदै घटनामा संलग्न अन्य फरार रहेका दुईजना युवकको खोजी कार्य तिव्ररुपमा भइरहेको डिएसपी भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...