साथीको हत्या आरोपी नेपाली सेनाका जवानलाई जन्मकैद फैसला

काठमाडौं।
सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ। नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो।
भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको शव भेटिएको थियो। ढकालको बयानबाट उनले एसएमजी हतियार चोरी साथीलाई गोली हानेको खुलेको थियो। उनीबाट बरामद हतियार चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन्।
ढकाललाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले आदेश गर्दैछ। सैनिक स्रोतले भन्यो, ‘सम्भवतः भोलि उहाँहरुको पक्षमा फैसला हुनेछ।


















